टिकटक माथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय
२०८१ भदौ ०७ गते शुक्रबार, काठमाडौं । सरकारले टिकटक खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बाले जानकारी दिए ।
टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुन सहमति जनाएपछि प्रतिबन्ध हटाइएको हो ।
सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्ने नीतिअनुरूप सरकारले टिकटकमाथिको प्रतिबन्धन हटाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत साउन २४ गते प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीसँगको छलफलमा टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।
०८० कार्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
दूरसञ्चारले टिकटकको सबैखाले प्रतिबन्ध हटाएसँगै सबै इन्टरनेटमा टिकटक चल्यो
२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । सरकारले औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै
पहिलोपटक धनगढीमा खुला उड्ने चराको घर निर्माण गरियो
२०८१ भदौ १६ गते आईतबार, धनगढी । कैलालीको धनगढीमा पहिलोपटक खुला उड्ने चराको घर निर्माण गरिएको छ । खुला उडानले पछिल्लो समय हुँदै गरेको वनविनाश र
धनगढीबाट सुदर्शन टेलिभिजन प्रसारण
२०८१ भदौ १६ गते आईतबार, धनगढी। कैलालीको धनगढीबाट सुदर्शन टेलिभिजनले प्रसारण सुरु गरेको छ। राधाकृष्ण मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको
प्रतिकृया दिनुहोस