चिसापानी–राजकाँडा केबुलकार सञ्चालन हुने

२०८१ श्रावण २८ गते , सोमबार चिसापानी । ​​​​​​चन्द्रागिरि केबुलकारका सञ्चालक चन्द्रप्रसाद ढकालले कैलालीमा चिसापानीराजकाँडा केबुलकार सञ्चालनमा ल्याउन लागेका छन। आगामी २ वर्षभित्र चिसापानीदेखि राजकाँडासम्म केबुलकार सञ्चालनमा ल्याउन लागिएको हो। लम्कीचुहा नगरपालिका३ चिसापानी र मोहन्याल गाउँपालिका७ राजकाडाँसम्म विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरेर केबुलकार सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि केबुलकारका सञ्चालक चन्द्रप्रसाद ढकालले चिसापानीलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताए।

 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका ढकालले भने, ‘केबुलकार, पाँचतारे होटल, पार्कहरु निर्माण गर्दैछौ। महेन्द्रनगर, धनगढी र टीकापुर र नेपालगञ्जबाट आउने भारतीय पर्यटक, सुदूरपश्चिम र कर्णाली प्रदेशका पर्यटकलाई लक्षित गरेर आयोजना अगाडी बढाएका छौ। निर्माण कार्य सुरु भएको १८ महिनादेखि २ वर्षमा काम सकिन्छ।

 

कर्णाली चिसापानीराजकाँडा केबुलकार सञ्चालनका लागि नेपाल सरकारलाई रुखको क्षति बाफतको तीन करोड ५० लाख रुपैयाँ समेत भुक्तानी गरिसकिएको छ। केबुलकार निर्माणका लागि रुख कटानीको काम सकिएको छ। योजनास्थलमा एक हजार ८६६ रुख काटिएका छन्। जाल्पादेवी केबुलकार कम्पनीको नाममा दुई सय ५० रोपनी जग्गामा घेरबार समेत गरिएको छ।

 

कर्णाली चिसापानीराजकाँडा केबुलकार सञ्चालनमा आएपछि तीनदेखि पाँच सयले रोजगारी पाउने दाबी गरिएको छ। केबुलकारका प्राविधिक, सुरक्षाकर्मी, होटल, रेस्टुरेन्टका कर्मचारीसहित पाँच सय कर्मचारी जाल्पादेवी केबुलकार कम्पनीले भर्ना गर्नेछ। ढकालले भने, ‘कर्मचारीको संख्या पर्यटकको संख्याले निर्भर गर्छ। तर, हामीले तीन सय ५० देखि पाँच सयसम्म कर्मचारी आवश्यक पर्ने अनुमान गरेका छौ।

 

एक सय ५० कोठाको होटल निर्माण गरिनेछ। हामीले लगानी बढाउदै लैजाने योजना बनाएका छौ। केबुलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन्। दैनिक ६ हजार यात्रुलाई सेवा दिन सकिने क्षमताको केबुलकार निर्माण गरिन लागेको छ।

 

कर्णालीचिसापानी पुल नजिकै रहेको योजनास्थलबाट सुरु हुने केबुलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी, कैलाश धामलगायतका धार्मिक स्थल, हात्ती ढुङ्गालगायत पर्यटकीय स्थलको अवलोकन गर्न सकिनेछ। जिल्ला समन्वय समिति कैलालीका पूर्व सभापति सूर्यबहादुर थापा र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षको संयुक्त लगानीमा केबुलकार सञ्चालनका लागि भौतिक संरचनाहरू निर्माण थालिएको छ।

प्रतिकृया दिनुहोस

आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईँदै

२०८१ पुस २७ गते । काठमाडौं । ३०३‌ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, आज नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन

सुदूरपश्चिममा पुष २९ गते सार्वजनिक बिदा

२०८१,पुष २७ गते । सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर

एसईई मा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

२०८१ पौष ०५ गते, शुक्रबार । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ एनजी आएको विषयको मात्रै