आज साउन महिनाको अन्तिम सोमवार, देशभरका शिवालयहरुमा भक्तजनको भीड
२०८१ श्रावण २८ गते , सोमबार । साउन महिनाको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा हिन्द् श्रद्धालुहरुको घुइँचो लागेको छ। साउनको सोमवार भगवान शिवको प्रिय बार भएकाले यस दिन व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ।
साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउने तथा बोल बम मेला पनि लाग्ने गर्छ। बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ। ज्योतिषशास्त्रअनुसार साउने सोमवारमा गरिने शिवको व्रत विशेष फलदायी हुन्छ। साउनको सोमवार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
आज पुष महिनाको पहिलो आइतबार, सूर्यदेवको विशेष पूजा र आराधना
७ पुष २०८१, आईतवार आज पुस महिनाको पहिलो आइतबारको अवसरमा भगवान् सूर्यको विशेष पूजा आराधना गरिँदैछ। वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई
यस वर्षको बडादशैँ सकियो
२०८१ कार्तिक ०१ गते बिहीबार । यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप
कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन, पूर्णिमा भोलि, ‘कोजाग्रत’ आज
२०८१ असोज ३० गते बुधबार, । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि
प्रतिकृया दिनुहोस