कलुवापुर बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाइने

२०८१ श्रावण २५ गते , शुक्रबार झलारी। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका११ कलुवापुर बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना भत्काइने भएको छ । नगरपालिकाले शुक्रवार सूचना जारी गर्दे सडक अधिकार क्षेत्रभित्र राखिएका संरचना तथा सामाग्री तिन दिन भित्र हटाउन आग्रह गरेको छ ।

 

कलुवापुर बेलौरी राजमार्ग अन्तर्गत १५१५ मिटर दायाँ, बायाँ सडक अधिकार क्षेत्रभित्र रहेका अनधिकृत रूपमा राखिएका खोका छाप्रा, टहरा, ठेला, व्यावसायिक सामाग्री, प्रचार प्रसार लगायतका अन्य संरचना सूचना प्रकाशित भएको मितिले ३ दिन भित्र हटाउन सम्बन्धितलाई जानकारी गराएको छ ।

 

अतिक्रमित संग्रचनाहरुले गर्दा सवारी आवागमनमा असहज हुनुका साथै सवारी दुर्घटनाको जोखिम बढेको र सडकको सुन्दरतामा समेत प्रतिकुल असर पर्न गएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । प्रशासकीय अधिकृत खेमराज बिष्टले सम्बन्धितलाई तिन दिन भित्र उक्त संरचना हटाउन जानकारी गराइएको बताए ।

 

सडक किनारामा खोका छाप्रा, टहरा , ठेला राखिदा सडक क्षेत्रमा पानी जम्ने समस्याले सो क्षेत्रका स्थानिय हैरान छन् । उक्त क्षेत्रमा पानी निकासाका लागी दिर्घकालिन समाधानका लागी नाली निर्माणको कार्य अगाडी बढाइएको प्रशासकीय अधिकृत बिष्टले जानकारी दिए । उनका अनुसार, बिहीबार मात्रै पानी निकासाका लागी कार्य अगाडी बढाइएको हो । कलुवापुर चोकको पूर्वपश्चिम तर्फ गरी करिब ३० बढी अस्थायी संरचना राखिएका छन् । उक्त संरचना हटाएर सडक स्तरोउन्नतीको कार्य अगाडी बढाइने पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरका वडाध्यक्षको तरकारी खेती मोह, साँझ अबेरसम्म तरकारी बारीमा व्यस्त

२०८१ पुस २७ गते । शुक्लाफाँटा। कञ्चनपुरका शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् ।

शुक्लाफाँटा नगरपालिका का सामुदायिक तथा संस्थागत विद्यालयमा तीन दिन जाडो विदा

२४ पौष, २०८१, झलारी। शुक्लाफाँटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो विदा दिएको छ। केही दिनयता सीतलहरका कारण चिसो बढेपछि

कैलालीको चुरे ४ को शिवपार्वती सामुदायिक वनमा आर्थिक अनियमितता

२०८१ असोज १४ गते सोमबार, कैलाली । काठ कटानी गरेर आम्दानी भएको सामुदायिक वनको पैसा काठ संकलनकर्तादेखि वडाध्यक्षसम्मलाई बाँडिएको छ ।   कैलाली को