कलुवापुर बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाइने
२०८१ श्रावण २५ गते , शुक्रबार झलारी। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना भत्काइने भएको छ । नगरपालिकाले शुक्रवार सूचना जारी गर्दे सडक अधिकार क्षेत्रभित्र राखिएका संरचना तथा सामाग्री तिन दिन भित्र हटाउन आग्रह गरेको छ ।
कलुवापुर बेलौरी राजमार्ग अन्तर्गत १५–१५ मिटर दायाँ, बायाँ सडक अधिकार क्षेत्रभित्र रहेका अनधिकृत रूपमा राखिएका खोका छाप्रा, टहरा, ठेला, व्यावसायिक सामाग्री, प्रचार प्रसार लगायतका अन्य संरचना सूचना प्रकाशित भएको मितिले ३ दिन भित्र हटाउन सम्बन्धितलाई जानकारी गराएको छ ।
अतिक्रमित संग्रचनाहरुले गर्दा सवारी आवागमनमा असहज हुनुका साथै सवारी दुर्घटनाको जोखिम बढेको र सडकको सुन्दरतामा समेत प्रतिकुल असर पर्न गएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । प्रशासकीय अधिकृत खेमराज बिष्टले सम्बन्धितलाई तिन दिन भित्र उक्त संरचना हटाउन जानकारी गराइएको बताए ।
सडक किनारामा खोका छाप्रा, टहरा , ठेला राखिदा सडक क्षेत्रमा पानी जम्ने समस्याले सो क्षेत्रका स्थानिय हैरान छन् । उक्त क्षेत्रमा पानी निकासाका लागी दिर्घकालिन समाधानका लागी नाली निर्माणको कार्य अगाडी बढाइएको प्रशासकीय अधिकृत बिष्टले जानकारी दिए । उनका अनुसार, बिहीबार मात्रै पानी निकासाका लागी कार्य अगाडी बढाइएको हो । कलुवापुर चोकको पूर्व–पश्चिम तर्फ गरी करिब ३० बढी अस्थायी संरचना राखिएका छन् । उक्त संरचना हटाएर सडक स्तरोउन्नतीको कार्य अगाडी बढाइने पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।
झलारीको खुल्ला मञ्चमा राप्रपाले डेउडा कार्यक्रम आयोजना गर्दै
२०८१ भाद्र २४ गते, सोमबार, झलारी। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा शुक्लाफाँ नगर कार्य समितिले डेउडा कार्यक्रम गर्ने भएको छ। शुक्लाफाँ
नेपाल टेलिकम बैतडी टावरमा कुनै तोडफोड नभएको टेलिकमको जिकिर
२०८१ भाद्र २४ गते, सोमबार, बैतडी । नेपाल टेलिकम बैतडीले टावरमा कुनै तोडफोड नभएको बताएको छ । जिल्लास्थीत सिगास गाउँपालिका – १ मा रहेको टेलिकमको
बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित खौलाबजार पहिरो र कटानको उच्च जोखिममा
२०८१ भाद्र २४ गते सोमबार, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित खौलाबजार बाढी,पहिरो र कटानको उच्च जोखिममा रहेको छ । सनीगाड र
प्रतिकृया दिनुहोस