कलुवापुर चोकमा वर्षेनी डुबानको समस्याले जनतालाई शास्ति,सरकार मुखदर्शक

२०८१ श्रावण २२ गते सोमबार, कञ्चनपुर। निर्माण व्यवसायीको चरम लापरवाहीका कारण विगत दुई वर्ष यता कलुवापुर क्षेत्रमा डुवान हुने गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित बेलौरी जोड्ने सडक छेउमा करिब दुई सय मिटर सडक वर्षेनी डुवानमा पर्दे आएको हो । डुवानको समस्याले स्थानीयहरु हैरान भएका छन् ।

कलुवापुर–बेलौरी सडक निर्माणको जिम्मा लिएको सन्तोषी थेगिम जेभीले सडकको पानी निकासा हुने ह्युमपाइप उखेलेर फाल्दा विगत दुई वर्षयता सो क्षेत्रका स्थानीयले डुवानको समस्या झेल्नु परेको गुनासो गरेका छन् ।

 

अहिले पनि कलुवापुर बजारको शून्य विन्दुमा ३–४ फिट पानी जमेको छ । जसले यात्रुहरुलाई मार्का परेको छ ।
विद्यालय जाने विद्यार्थी, व्यापार व्यवसाय गर्दे आएका व्यापारी र यात्रुहरु उक्त क्षेत्रमा जोखिम मोलेर कष्टकर यात्रा गर्न बाध्य छन् ।
पूर्वपश्चिम राजमार्गअन्र्तगत बेलौरीतर्फ जाने सडकमा पानी निकास हुन नपाउँदा यात्रा गर्न कठीनाई भएको अटो चालक हरी बिकले गुनासो गरे ।
कलुवापुरका स्थानयि नवराज अवस्थीले कहिबाट पनि पानी निकास हुन नपाउँदा विगत दुई वर्षयता सडक डुवानमा पर्दे आएको बताए । ठेकेदारको चरम लापरवाहीका कारण सडक क्षेत्र वर्षेनी डुवानमा पर्दे आएको उनले गुनासो गरे । ‘‘६ वर्षपहिले उक्त क्षेत्रमा पानी निकासका लागि गाडिएको ह्यूमपाईप कलुवापुर–बेलौरी सडक निर्माणका क्रममा ठेकेदारले निकाल्न लगाए ’–उनले भने, ‘त्यसपछि डुवानको समस्या निम्तिएको हो ।’’ ह्युमपाईप निकालिएपछि सो क्षेत्रका स्थानीयले निजी जमिनमा अस्थायी कुलो निकालेका थिए । तर दुई वर्ष पहिले मात्रै घर, खेतमा पानी पुग्न थालेको भन्दै उनीहरुले कुलो भत्काएका छन् ।

 

स्थानीयले कुलो भत्काएपछि अहिले कलुवापुर क्षेत्रमा यात्रा गर्न कठिन भएको गुनासो उक्त क्षेत्रका व्यापारी र यात्रुको छ ।
स्थानीय प्रीत बिष्टले कलुवापुर बजारको शून्य विन्दुमा ३–४ फिट पानी जमेको बताए । जसले गर्दा, विद्यार्थी, सर्वसाधारण, बृद्ध, अपाङ्ग, असहाय, व्यापारी, यात्रुलाई यात्रा गर्न कठीनाई भएको गुनासो गरे । विगत महिनादिनदेखि उक्त क्षेत्रमा पानी जम्दा महामारी फैलिने डर पनि उत्तिकै रहेको उनिहरुको गुनासो छ ।
सो स्थान पर्ने कञ्चनपुर–२ क्षेत्रबाट निर्वाचन जितेका संघीय सांसद्, प्रदेश सांसद र नगरका जनप्रतिनिधि कसैलेपनि वास्ता नगरेको स्थानीय नवराज ऐरले बताए । वषौेदेखि उक्त सडक छेउमा पानी जम्ने समस्या ज्यूका त्यु रहेको उनले बताए ।

 

यता पूर्वाधार विकास कार्यालय कञ्चनपुरले नगरपालिकाले समयमै अतिक्रण गरी बनाइएका संरचना नहटाई दिँदा समस्या भएको बताएको छ । कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले स्थानीयको विरोध र पालिकाले सडक किनारामा अतिक्रण गरि बसेका अतिक्रमणकारीहरुलाई नहटाउँदा समस्या भएको बताए ।
उक्त समस्याको निकासका लागि नगरपालिकाले नै लापरवाही गरेको गुनासो पूर्वाधार विकास कार्यालयको छ । तर शुक्लाफाँटा नगरपालिकाले भने पूर्वाधार विकास कार्यालयले उक्त संरचना हटाउन पत्र नपठाउँदा हटाउन नसकिएको जिकिर गरेको छ ।

 

नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले कार्यालयले सडक निर्माण कार्य अगाडी बढाउने वितिक्कै संरचना हटाइने बताए । तर कार्यालयले त्यसका लागि कुनै पत्र नपठाएकाले ढिलाई भएको उनले जिकिर गरे ।

 

वडा नम्बर ११ का वडा अध्यक्ष शेरबहादुर साउँदले उक्त सडक खण्ड सांसद् एनपी साउँदकै कारण अलपत्र परेको बताए । उनले उक्त सडकको विषयमा आफूले बोल्न नमिल्ने बताए । उनले भने, ‘उक्त सडकको तिथी मिती मै गडबड गरिएकाले मैले बोल्न मिल्दैँन, एनपी साउँद लगायतका लाई बुझ्नुस् ।

प्रतिकृया दिनुहोस

झलारीको खुल्ला मञ्चमा राप्रपाले डेउडा कार्यक्रम आयोजना गर्दै

 २०८१ भाद्र २४ गते, सोमबार, झलारी। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा शुक्लाफाँ नगर कार्य समितिले डेउडा कार्यक्रम गर्ने भएको छ। शुक्लाफाँ

नेपाल टेलिकम बैतडी टावरमा कुनै तोडफोड नभएको टेलिकमको जिकिर

२०८१ भाद्र २४ गते, सोमबार, बैतडी । नेपाल टेलिकम बैतडीले टावरमा कुनै तोडफोड नभएको बताएको छ । जिल्लास्थीत सिगास गाउँपालिका – १ मा रहेको टेलिकमको

बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित खौलाबजार पहिरो र कटानको उच्च जोखिममा

२०८१ भाद्र २४ गते सोमबार, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित खौलाबजार बाढी,पहिरो र कटानको उच्च जोखिममा रहेको छ । सनीगाड र