कञ्चनपुरमा भएको भारी वर्षाबारे गरिएको अध्ययनको विवरण सार्वजनिक

२०८१ साउन २२ गते, कञ्चनपुर। जल तथा मौसम विज्ञान विभागले यस वर्ष कञ्चनपुरमा भएको भारी वर्षाबारे गरिएको अध्ययनको विवरण सार्वजनिक गरेको छ। नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षाबारे अध्ययन गरी विभागले सोमबार विवरण सार्वजनिक गरेको हो।  

गत असार २३ र २४ गते २४ घण्टाको अवधिमा कञ्चनपुरमा सर्वाधिक वर्षा ९६२४ मिलिमिटर० मापन गरिएको थियो। ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययनका लागि विभागको टोली कञ्चनपुर गएको थियो। टोलीले दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरूको स्थलगत परीक्षण गरेको थियो।

परीक्षणका क्रममा दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था विभागको हालको मापदण्डभित्र रहेको पाइएकाले उक्त केन्द्रबाट प्राप्त तथ्यांक सही रहेको विभागले जनाएको छ। तर सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्यांक विभागको मापदण्डभन्दा फरक देखिएकाले थप अध्ययन गर्नुपर्ने देखिएको विभागले जनाएको छ। 

कञ्चनपुर क्षेत्रमा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमी वायुमा विकास भएको न्यूनचापीय प्रणालीहरूको समिश्रणका कारण अत्यधिक वर्षा भएको विभागको भनाइ छ। यी प्रणालीहरुको समिश्रणको प्रक्रिया तथा वर्षाको परिमाणको आधारमा उक्त मौसमी घटनालाई तराई क्लाउड मान्न सकिने विभागले जनाएको छ।  
विभागका प्रवक्ता सुनिल पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘जलवायु परिवर्तनका कारण यस्ता विषम जल तथा मौसमी घटनाहरू बढ्दै जाने हुँदा विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वानुमान तथा पूर्वतयारी लगायतका उपरोक्त क्षेत्रहरूमा लगानी बढाउँदै जानु आवश्यक देखिन्छ।’

क्षति न्यूनीकरणमा समयमै प्रवाह गरिएका विशेष बुलेटिन, प्रभावमा आधारित मौसम पूर्वानुमान, मास एसएमएस सेवा तथा पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धार कार्यको प्रमुख भूमिका रहेको विभागले बताएको छ।

प्रतिकृया दिनुहोस

आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईँदै

२०८१ पुस २७ गते । काठमाडौं । ३०३‌ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, आज नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन

सुदूरपश्चिममा पुष २९ गते सार्वजनिक बिदा

२०८१,पुष २७ गते । सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर

एसईई मा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

२०८१ पौष ०५ गते, शुक्रबार । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ एनजी आएको विषयको मात्रै