आज साउन १५, खिर खाएर मनाइँदै

२०८१ साउन १५ मङ्गलबार,। साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्राचीन  नेपाली परम्परा छ । 

 

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

 

संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् । 


साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउछन् । तर यसको कुनै शास्त्रीय वचन भने छैन । 
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । 

 

चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । 
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।

प्रतिकृया दिनुहोस

झलारीमा सुनचाँदी व्यवसायी संघद्धारा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न

२०८१ भाद्र २४ गते, सोमबार, झलारी । महाकाली सुनचाँदी व्यवसायी संघले आइतबार झलारीमा तीज विशेष कार्यक्रममा मनाएको छ । हरितालिका तिजको अवसरमा सुनचाँदी

ऋषि पञ्चमीका दिन महाकाली नदीमा स्नान गर्न ब्रतालुहरुको भीड

२०८१ भदौ २३ गते आइतबार, महेन्द्रनगर । ऋषि पञ्चमीका दिन महाकाली नदिमा ब्रतालुहरुको भीड लागेको छ । तिजको अन्तिम दिन हिन्दू महिलाहरुले सप्त ऋषिको पूजा

प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा स्नान गर्न व्रतालु महिलाहरुको भिड

२०८१ भदौ २३ गते आइतबार,अत्तरिया । कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा स्नान गर्न व्रतालु महिलाहरुको भिड लागेको छ । गोदावरी नदीमा स्नान गर्न