एसिया कप महिला टी-२०: नेपालले आज युएईसँग खेल्दै

काठमाडौं । आजबाट श्रीलङ्कामा एसिया कप महिला टी–२० क्रिकेट सुरु हुँदैछ । आज नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ। श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोलीले युएईको सामना गर्नेछ। यो खेल आज दिउँसो सवा २ बजे शुरु हुने तालिका छ। नेपालले ८ वर्षपछि एसिया कप महिला टी–२० खेल्न लागेको हो ।

 

जुलाई २८ सम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । ८ टीमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसहित भारत, पाकिस्तान र यूएई छन् । समूह ‘बी’मा थाइल्यान्ड, मलेसिया, श्रीलङ्का र बङ्गलादेश छन् । एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका दुई संस्करण खेलिसकेको नेपाल अहिलेसम्म जीतविहीन छ । सन् २०१२ र २०१६ मा भएको एसिया कपमा नेपालले सहभागिता जनाएको थियो ।

 

सन् २०१२ मा चीनमा भएको एसिया कपमा नेपाल श्रीलङ्का, बङ्गलादेश र आयोजक चीनसँग पराजित भएको थियो । सन् २०१६ मा पनि नेपालले जीत निकाल्न सकेन । थाइल्याण्डमा भएको प्रतियोगितामा नेपाल ५ वटै खेलमा पराजित हुँदै घर फर्किनुपर्‍यो । दुवै सहभागितामा नेपालको प्रदर्शन सम्झन लायक हुन सकेको थिएन ।

 

सन् २०१६ मा नेपाल पाकिस्तानसँग ४७ र भारतसँग २१ रनमा अलआउट भएको थियो । तेस्रो पटक सहभागी हुन लागेको नेपालका ३ खेलाडीसँग एसिया कप खेलेको अनुभव छ । कप्तान इन्दु वर्मा, पूर्वकप्तान रुविना क्षेत्री र सीता रानामगरले यसअघिका दुई संस्करणको एसिया कप खेलेका छन् ।

प्रतिकृया दिनुहोस

एनपीएलको पहिलो उपाधीका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

६ पुष २०८१, शनिबार, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।   एनपीएलको पहिलो

छबिसपाथिभेरा १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुँदै

२०८१ असोज १४ गते सोमबार, बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुने

टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

२०८१ असोज १३ गते आइतबार, । टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो