खेलाडीलाई  ‘जर्सी’ हस्तान्तरण


झलारी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करणमा सहभागी हुने शुक्लाफाँटाको कृष्णसार फाउन्डेसनलाई पोषाक (जर्सी) हस्तान्तरण गरिएको छ। सोमबार शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पना पन्त र प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले संयुक्त रुपमा खेलाडीलाई जर्सी हस्तान्तरण गरेका हुन् ।

 

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा जारी खेलमा मंगलबार  दिउँसो १ बजे कृष्णसार फाउन्डेसन र खप्तड इन्डोरबीच क्रिकेट प्रतियोगिता हुनेछ । नगर प्रमुख महराले पोषाक हस्तान्तण गर्दै खेलाडीहरुलाई विजयीको शुभकामना दिए। ‘हामीले खेलकुदलाई प्राथमिकता दिएका छौं, नगरपालिकाले सबै प्रकारका खेलकुदलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग गर्दै आएको छ,’ उनले भने, ‘क्रिकेट प्रतियोगितामा विजयी भएर आउनुहोस्, नगरपालिका परस्कृत तथा सम्मान गर्नेछ।’ 

 

नगर प्रमुख महराका अनुसार नगरपालिकाले कृष्णसार फाउन्डेसनलाई क्रिकेट प्रतियोगिता तथा क्लोज क्याम्प सञ्चालनका लागि १ लाख आर्थिक सहयोग समेत उपलब्ध गराउने छ ।

प्रतिकृया दिनुहोस

कृष्णपुर २ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु

झलारी , मंसिर ३०, कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम

शुक्लाफाँटाका क्रिकेट खेलाडी कृष्णले पाए खेल छात्रवृत्ति

झलारी । डडेल्धुराबाट जिल्ला स्तरिय क्रिकेट खेल खेल्दै आएका कृष्ण भट्टले १८ महिने खेल छात्रवृत्ति पाएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नं. ४ का

मेयर महराले ब्याटिङ गरेर क्रिकेट प्रतियोगिता उद्धघाटन

शुक्लाफाँटा नगरपालिकामा वडास्तरीय क्रिकेट प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले ब्याटिङ गरेर