शुक्लाफाँटाका क्रिकेट खेलाडी कृष्णले पाए खेल छात्रवृत्ति

झलारी । डडेल्धुराबाट जिल्ला स्तरिय क्रिकेट खेल खेल्दै आएका कृष्ण भट्टले १८ महिने खेल छात्रवृत्ति पाएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नं. ४ का स्थानिय क्रिकेट खेलाडी भट्टलाई सांस्कृतीक ईन्टरनेशनल स्कुल काठमाण्डौले छात्रवृत्ति प्रदान गरेको हो । स्कुलको र पुर्व नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काद्धारा संचालीत क्रिकेट इक्सेलएभर सेन्टर क्रिकेट एकेडमी काठमाण्डौको सहकार्यमा क्रिकेट खेलमा उतकृष्ट खेलाडीहरुलाई खेल छात्रवृती प्रदान गरिदै आएको छ ।

 

 

डडेल्धुरा जिल्लाबाट अन्डर १९ क्रिकेट खेल र जिल्ला स्तरिय टोलीका उत्कृष्ट खेलाडी रहेका कृष्ण भट्ट विगत एक वर्ष देखी डडेल्धुरा जिल्लाको प्रतिनिधित्व गर्दै आएका उत्कृष्ट खेलाडीका रुपमा रहेका छन् । शनिबार एक विशेष कार्यक्रमको आयोजनामा क्रिकेट खेलाडी कृष्ण भट्टलाई १८ महिना सम्म खेलका विभिन्न चरणहरुको प्रशिक्षण गरिने घोषणा गरिएको छ ।

 

नेपालमा क्रिकेट खेलको बढ्दो आकर्षण रहेको छ भने सुदुरपश्चिमबाट यस क्षेत्रमा नेपालकालागी प्रतिनिधित्व गर्ने खेलाडीहरु पनि बढ्दो क्रममारहेका छन् । स्थानिय स्तरका विभिन्न क्लब तथा प्रतियोगिताहरुमा उत्कृष्ट क्रिकेट खेलको प्रर्दशन गर्ने कृष्ण भट्ट क्रिकेट खेलका सबै विधामा उत्कृष्ट खेलाडीकारुपमा रहेको उनका सहकर्मीहरुको भनाई रहेको छ । देशकै उत्कृष्ट क्रिकेट प्रशिक्षण एकेडेमीमा छात्रवृतीकालागी छानिएका खेलाडी भट्टले राम्रो खेल सिपहरु सिकेर चाडै राष्ट्रिय स्तरको खेलाडीकारुपमा आफुलाई प्रस्तुत गर्ने योजना भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

कृष्णपुर २ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु

झलारी , मंसिर ३०, कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम

खेलाडीलाई  ‘जर्सी’ हस्तान्तरण

झलारी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करणमा सहभागी हुने शुक्लाफाँटाको कृष्णसार फाउन्डेसनलाई पोषाक (जर्सी)

मेयर महराले ब्याटिङ गरेर क्रिकेट प्रतियोगिता उद्धघाटन

शुक्लाफाँटा नगरपालिकामा वडास्तरीय क्रिकेट प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले ब्याटिङ गरेर