मेयर महराले ब्याटिङ गरेर क्रिकेट प्रतियोगिता उद्धघाटन

शुक्लाफाँटा नगरपालिकामा वडास्तरीय क्रिकेट प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले ब्याटिङ गरेर क्रिकेट प्रतियोगिता उद्घाटन गरेका छन् । 

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ शुक्लाफाँटा ७ शान्तिपुर स्थित हिमालय युथ क्लबको आयोजनामा सिमलफाँटाको खेलमैदानमा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । क्रिकेट प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको छ । वडा नम्बर ३ भने प्रतियोगितामा सहभागि भएको छैन । 

कार्यक्रममा बोल्दै नगर प्रमुख महराले प्रतियोगिता सफलताको कामना गर्दै खेलमा अनुशासन र सिकाइ उपलब्धी मुख्य हुने बताए ।विभिन्न खेल र खेलाडीहरुका माध्यमबाट गाउँ,नगर हुँदै राष्ट्रिय,अन्तराष्ट्रिय रुपमा पहिचान हुने चर्चा गर्दै मेयर महराले मर्यादित तरिकाले खेल खेल्न आग्रह गर्नुभयो । नगरभित्र रहेका खेलाडीहरुकालाई प्रोत्साहन गर्नेगरी नगरपालिका अघि बढेको भन्दै खेलाडीहरुका लागि उचित सम्मान तथा पुरस्कारको व्यवस्था नगरले गरेको उनले बताए ।

खेलाडीहरुको साथमा नगरपालिका रहेको खसाथै खेलाडीहरुका लागि एउटा कार्यविधि समेत निर्माण गर्ने तयारीमा नगरपालिका रहेको उनको भनाई थियो । स्वास्थ्यका लागि भएपनि खेल खेल्नु अपरिहार्य रहेकोमा जोड दिदै उनले थप क्षमता विकास गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

फरक प्रसंगमा बोल्दै मेयर महराले पछिल्लो समय युवाहरु लागुऔषध दुर्व्यसनीतर्फ गइरहेको बताउँदै यस तर्फ नजान र गएकालाई समयमै सचेत गराउन युवाहरुले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । समाज रुपान्तरणका सम्बाहका रुपमा युवाहरु रेहेकोले समाज सुधारका अभियन्ता समेत युवा भएको उनको भनाई थियो ।

यसैगरी नगर उपप्रमुख कल्पना पन्तले राम्रा कामका लागि नगरपालिका सधैँ युवाहरुका साथमा रहेको बताउँदै गतलमार्ग नगएर समाजको विकासमा पनि युवा,खेलाडी संलग्न हुनुपर्ने बताइन् । क्रिकेट प्रतियोगिताको आयोजना गरेर युुवाहरुले राम्रो कार्य गरेकोमा उपमेयर पन्तले खुसी व्यक्त गरिन् । 

समीर धानुकको अध्यक्षता एवं नगर प्रमुख रण बहादुर महरा प्रमुख अतिथि रहनुभएको थियो । नगर उपप्रमुख कल्पना पन्त विशिष्ट अतिथि रहनुभएको थियो । वडा नम्बर २ का वडाध्यक्ष भोदुराम डगौरा,कार्यपालिका सदस्य सरस्वती जोशी,वडा नम्बर ७ का वडा सदस्य केशव ठगुन्ना,११ नम्बर वडाका वडा सदस्य राजेश शाही,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । मदन बडालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन दिपकराज भट्टले गर्नुभएको थियो । 

प्रतियोगिता असोज ६ गते सम्म सञ्चालन हुने आयोजक हिमालय युथ क्लबका अध्यक्ष हेमराज भट्टले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार १ सय ११ रुपैयाँ,मेडल प्रमाण पत्र तथा द्धितिय स्थान प्राप्त गर्ने टिमलाई रु २० हजार १सय ११ रुपैयाँ,मेडल प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

कृष्णपुर २ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु

झलारी , मंसिर ३०, कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम

खेलाडीलाई  ‘जर्सी’ हस्तान्तरण

झलारी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करणमा सहभागी हुने शुक्लाफाँटाको कृष्णसार फाउन्डेसनलाई पोषाक (जर्सी)

शुक्लाफाँटाका क्रिकेट खेलाडी कृष्णले पाए खेल छात्रवृत्ति

झलारी । डडेल्धुराबाट जिल्ला स्तरिय क्रिकेट खेल खेल्दै आएका कृष्ण भट्टले १८ महिने खेल छात्रवृत्ति पाएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नं. ४ का