भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ  वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १(० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो ।

 

उपाधिको भीडन्त सोमबार हुनेछ । यस क्रममा प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ । प्रतियोगिताकै इतिहासमा भारत फाइनल नपुगेको यो पहिलो पल्ट हो । नेपालले भने पाँचौँपल्ट फाइनल खेल्नेछ।भारतको यो लगातार दोस्रो हार हो । यस अगाडि भारत लिग चरणमा बांग्लादेशसँग पनि पराजित भएको धियो । भारत यस अगाडिका सबै संस्करणको विजेता हो ।

 

साफ च्याम्पियनसिपको इतिहासमा भारतमाथि नेपालको यो पहिलो जित हो । समग्रमा नेपालले भारतलाई हराएको दोस्रो पल्ट हो । यस अगाडि सन् २०१९ को हिरो गोल्डकपमा पराजित गरेको थियो ।

 

नेपालको लागि ४५ औं मिनेटमा रश्मी घिसिङले निर्णयक गोल गरेकी हुन् । प्रिती राईको सटिक पासमा उनले पेनाल्टी एरियाबाट सुन्दर प्रहारमा बललाई पोस्टको दिशा दिइन् ।

 

यस अगाडि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० ले हराएको थियो । त्यसमा सबिना खातुनले ह्याट्रिक गरिन् । बंगलादेश फाइनल पुगेको यो दोस्रो पल्ट मात्र हो । यस अघि बांग्लादेशले सन् २०१६ को फाइनल खेलेको थियो ।

प्रतिकृया दिनुहोस

कृष्णपुर २ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु

झलारी , मंसिर ३०, कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम

खेलाडीलाई  ‘जर्सी’ हस्तान्तरण

झलारी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करणमा सहभागी हुने शुक्लाफाँटाको कृष्णसार फाउन्डेसनलाई पोषाक (जर्सी)

शुक्लाफाँटाका क्रिकेट खेलाडी कृष्णले पाए खेल छात्रवृत्ति

झलारी । डडेल्धुराबाट जिल्ला स्तरिय क्रिकेट खेल खेल्दै आएका कृष्ण भट्टले १८ महिने खेल छात्रवृत्ति पाएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नं. ४ का