सुदूरपश्चिममा मंगलबार ४२ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

धनगढी  सुदूरपश्चिम प्रदेशमा मंगलबार ४२ जना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा कैलालीका १८ जना, डोटीका २३ जना र कंचनपुरका एक जना रहेका छन् । यसै बीच सुदूरपश्चिममा एक जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका –३ का ६५ वर्षका एक वृद्ध रहेका छन् । मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै श्रावण ६ मा घर पठाइएको थियो । 

 

घरमा रहेका उनलाई श्रावण ९ मा अकस्मात स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । उनको डडेल्धुरा अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई मृत्युपश्चात कोरोना पुष्टि भएको हो । मृतक असार २४ गते भारतबाट फर्किएका थिए भने उनको श्रावण ९ मानै परम्परागत रूपमा दहासंस्कार गरिएको थियो । योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

साउन ७, गते। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।   प्रदेश प्रमुख अमिक शेरचनले

फेरी फुट्यो बैद्य नेतृत्वको पार्टी

काठमाडौं । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरी फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीएकीकरण भएको १६ महिनापछि विभाजन

निर्मला हत्या प्रकरण : एसपी विष्ट सहित सबैलाई सफाई

महेन्द्रनगर । भीमदत्त नगरपालिका २ की निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट र यातना विरुद्धको कसुरमा मुद्दा खेपिरहेको तत्कालिन प्रहरी उपरीक्षक