निर्मला हत्या प्रकरण : एसपी विष्ट सहित सबैलाई सफाई

महेन्द्रनगर । भीमदत्त नगरपालिका २ की निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट र यातना विरुद्धको कसुरमा मुद्दा खेपिरहेको तत्कालिन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट सहित सबैले सफाई पाएका छन् । जिल्ला अदालत कञ्चनपुरले बिहीबार विष्ट सहित मुद्दा खेपि रहेका ८ प्रहरीलाई सफाई दिएको हो । उनीहरुमा एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँद छन् ।

 

पन्तकी आमा दुर्गादेबीले उनीहरु विरुद्ध प्रमाण नष्ट र प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाई खड्गसिंह विष्टले यातना विरुद्धको कसुरमा प्रहरीमा मुद्दा दिएका थिए । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले सबै आरोपीलाई सफाइ दिएको श्रेस्तेदार यदुराज शर्मा बताए । भीनपा २ की १३ वर्षिया पन्तको २०७५ साउन १० गते बलात्तकारपछि हत्या गरिएको थियो ।

प्रतिकृया दिनुहोस

महाकालीमा पानीको बहाव बढ्यो

रासस- दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक

कैलाली डुबानमा

 दुर्गा देवकोटा , रासस -  मङ्गलबार रातिदेखिको लगातार वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा

सुदूरपश्चिममा मंगलबार ४२ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

धनगढी  सुदूरपश्चिम प्रदेशमा मंगलबार ४२ जना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा कैलालीका १८ जना,