सुदूरपश्चिममा १७ जना कोरोना संक्रमित थपिए

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार दुई सय २६ पुगेको छ ।

 

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ४६ जनामा गरीएको परीक्षणमा अछामको पञ्चदेवल बिनायका १४ जना, बाजुराको खप्तड छेडेदह वडा नम्बर १ का दुई जना र वडा नम्बर ६ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आज पुष्टि भएका मध्ये तीन महिला र १४ पुरुष रहेका छन् । बाजुराको खप्तड छेडेदह वडा नम्बर ६ का कोरोना संक्रमित ११ बर्षिय बालक रहेको सूचना अधिारी श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

साउन ७, गते। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।   प्रदेश प्रमुख अमिक शेरचनले

फेरी फुट्यो बैद्य नेतृत्वको पार्टी

काठमाडौं । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरी फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीएकीकरण भएको १६ महिनापछि विभाजन

निर्मला हत्या प्रकरण : एसपी विष्ट सहित सबैलाई सफाई

महेन्द्रनगर । भीमदत्त नगरपालिका २ की निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट र यातना विरुद्धको कसुरमा मुद्दा खेपिरहेको तत्कालिन प्रहरी उपरीक्षक