सुदूरपश्चिमका सात स्थानमा मौसम मापन केन्द्र स्थापना

बैतडी ९ साउन (रासस)- बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । बैतडीमा सुख्खा फलफूल केन्द्र सतबाँझ, गोकुलेश्वर कृषि क्याम्पस गोकुलेश्वर, कृषि ज्ञान केन्द्र बझाङ, तरकारी जर्मप्लाज्म संवद्र्धन तथा बीउ उत्पादन केन्द्र घटाल डडेल्धुरामा मौसममापन केन्द्र स्थापना गरिएको हो । 

कृषि विकास निर्देशनालय दिपायल डोटी, कृषि ज्ञान केन्द्र कञ्चनपुर र टीकापुर प्राविधिक शिक्षालय कैलालीमा गरी सात स्थानमा उक्त उपकरण जडान गरिएको कृषि विकास निर्देशनालय दिपायलका नायब सुब्बा चुडामणि पनेरुले जानकारी दिनुभयो । ती उपकरण एउटा स्थानमा रु तीन लाख ७७ हजार गरी २६ लाख ३९ हजारको लागतमा निर्देशनालयले जडान गरिएको हो । 

 

मापन केन्द्रले मौसमको पूर्वानुमान, हावाहुरी, घाम, पानी, बादल, आद्रता तापक्रम मापन गर्ने जडानको ठेक्का पाएको महावीर श्री इन्टरनेशनल प्रालिका इञ्जिनीयर सार्थक लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “इन्टरनेटको माध्यम तथा मोबाइल एपमार्फत पनि मौसमसम्बन्धी जानकारी पाउन सकिनेछ ।”, साथै यो उपकरण इन्टरनेटको सुविधा नभएको ठाउँमा पनि नेपाल टेलिकमको सीम प्रयोग गरेर मौसमसम्बन्धी जानकारी लिन सकिने बताइएको छ ।

 

जडान गरिएको उपकरणले मौसमसम्बन्धी जानकारी दिने भएकाले यसले कृषि क्षेत्रका लागि सहयोग पुग्ने सुख्खा फलफूल विकास केन्द्र बैतडीका निमित्त प्रमुख डम्मरसिंह भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “मौसमसम्बन्धी उपकरणले वर्षभरिको मौसमको विवरण सुरक्षित राख्ने भएकाले कुन मौसम र कति तापक्रममा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन सहज हुनेछ ।”, कृषि विकास निर्देशनालय दिपायलले जडान गरेको मौसमसम्बन्धी जानकारी दिने उपकरणको रिपोर्ट कृषि विकास निर्देशनालयबाट अध्यावधिक गर्ने जनाइएको छ । 


  
यस उपकरणबाट ‘वेदर डिभाइस’ मोबाइल एप डाउनलोड गरी छिनछिनको  मौसमसम्बन्धी जानकारी लिन सकिनेछ । मौसमसम्बन्धी उपकरणले वर्षभरिको मौसमको विवरण सुरक्षित राख्ने भएकाले कुन मौसम र कति तापक्रममा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन सहज हुने सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

धनगढीमा नदी कटान रोक्न ६ हजार बाँस रोपिँदै

२०८१ भदौ २६ गते बुधबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले यो वर्ष ६ हजार बाँसका बिरुवा रोप्ने भएको छ। मङ्गलवार बाँस रोप्ने अभियानको

दूरसञ्चारले टिकटकको सबैखाले प्रतिबन्ध हटाएसँगै सबै इन्टरनेटमा टिकटक चल्यो

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । सरकारले औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै

पहिलोपटक धनगढीमा  खुला उड्ने चराको घर निर्माण गरियो

२०८१ भदौ १६ गते आईतबार, धनगढी । कैलालीको धनगढीमा पहिलोपटक खुला उड्ने चराको घर निर्माण गरिएको छ ।   खुला उडानले पछिल्लो समय हुँदै गरेको वनविनाश र