सेनाको देवीदल गणलाई फुटबलको उपाधी 

महेन्द्रनगर, ९ भदौं
गौरा पर्वको अवसरमा कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा आयोजित खुल्ला फुटबल प्रतियोगिताको उपाधी नेपाली सेनाले जितेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको देवीदल गण मझँगाउ ब्यारेकले सिंहपुर युवा क्लबलाई हराउँदै उपाधी जितेको हो । उपाधी जितेसंगै सेनाको टिमले नगद रु ४० हजार, ट्रफिसहित पुरस्कृत भएको छ । स्थानीय अलस्टार युवा क्लबले गौरा पर्वका अवसरमा आयोजना गरेको प्रतियोगितामा १७ वटा टिम सहभागी रहेको आयोजकले जनाएको छ ।

 

आइतबार साझँ अबेर सम्पन्न फाइनल खेलमा निर्धारित समयमा ३–३ गोलको बराबरी पछि भएको पेनाल्टी सुटआउट बाट नेपाली सेनाले उपाधी जितेको हो । सेनाले पेनाल्टी सुटआउट बाट ४ का विरुद्ध ५ गोलले पछि पार्दै उपाधी उचालेको थियो । उप विजेता सिंहपुर युवा क्लबले रु २५ हजार नगद सहित ट्रफि प्रमाण पत्रहित पुरस्कृत गरिएको छ ।
बिजयी टिमलाई बेलडाँडी गाउँपालिका अध्यक्ष धनबहादुर थापा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

कृष्णपुर २ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु

झलारी , मंसिर ३०, कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम

खेलाडीलाई  ‘जर्सी’ हस्तान्तरण

झलारी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करणमा सहभागी हुने शुक्लाफाँटाको कृष्णसार फाउन्डेसनलाई पोषाक (जर्सी)

शुक्लाफाँटाका क्रिकेट खेलाडी कृष्णले पाए खेल छात्रवृत्ति

झलारी । डडेल्धुराबाट जिल्ला स्तरिय क्रिकेट खेल खेल्दै आएका कृष्ण भट्टले १८ महिने खेल छात्रवृत्ति पाएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नं. ४ का