शुक्लाफाँटा –७ का दलबहादुर चौधरीको एक कठ्ठा जग्गामा फल्यो बाह्र क्विन्टल आलु

२०८१ चैत ४ गते, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्। उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन्।

 

उनले ‘कोमल कार्प’ नामक जातको आलुखेती गरेका छन्। थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफैँ दङ्ग परेका छन्।

 

‘धेरै फल्ने आलुको नाम सुनेको थिएँ’, चौधरीले भने, ‘रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बीउ ल्याएर रोपेँ, भने जस्तै फलेको छ।’  पाँच रुपैयाँ प्रतिदानाका दरले आठ किलो आलु बारीमा रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए।

 

पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलु उहाँले बीउका रूपमा राखेर पुनः रोप्ने योजना छ। उत्पादित आलुका दाना आधा किलोदेखि दुई किलोसम्मका रहेका छन्। यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठूलो फल लाग्ने, खानमा स्वादिलो रहेको उनले बताए। मङ्सिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको उनले जानकारी दिए।

 

चौधरीले जिल्लाका शीतभण्डारगृह नहुँदा बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गरेका छन्। ‘घरमै राख्दा कुहिएर बिग्रिन्छ’, उनले भने, ‘शीतभण्डारमा राख्नुपर्छ, जिल्लामा एक मात्रै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको शीतभण्डारगृह बन्द भएपछि भण्डारण गर्न समस्या भएकाले बाह्य क्षेत्रमा लैजानुपर्ने बाध्यता छ।’

 

तीन दशकदेखि चौधरी व्यावसायिक आलु खेतीमा संलग्न रहँदै आएका छन्। सो अवधिमा एघार प्रजातीका आलु लगाएर हेरेको भन्दै उनले यति बढी फल्ने आलुको पहिलो पटक खेती गरेको बताए।

 

अन्य जातका आलुको उत्पादन प्रतिकठ्ठा पाँचदेखि सात क्विन्टलसम्म हुने गरेको छ। चौधरीले प्रतिवर्ष १२ कठ्ठादेखि एक विगाहा जग्गामा आलुखेती गर्दै आएका छन्। उनले प्रतिवर्ष २०० देखि ३०० बोरा आलु उत्पादन गर्दै आएका छन्। आलु खेती स्याहार्न चौधरीको पूरै परिवार खटिने गरेको छ। रासायनिक मल थोरै र गोबर मल अधिक राखेर आलुखेती गरे बढी उत्पादन लिन सकिने उनी बताउँछन्। 

 

आलु उत्पादनको कार्यका लामो समयदेखि संलग्न रहँदै आए पनि बजारमा लगेपछि विचौलिया र व्यापारीले निर्धारण गरेको दररेटमा बिक्री गर्नुपर्दा कुनै बेला लागत नै नउठ्ने गरेको उनको गुनासो छ।

प्रतिकृया दिनुहोस

टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने

मङ्गलबार, माघ २९, २०८१,  धनगढी । कैलालीको टीकापुर नगरपालिकालाई गुलाफको सहर बनाउने अभियान थालिएको छ । भ्यालेन्टाइन–डे अर्थात् फेब्रुअरी १४ देखि यो

सुक्खा हिउँद, किन परेन पानी

काठमाडौँ , २०८१ माघ २८ गते सोमबार । तत्काल पानी पर्ने सम्भावना नदेखिएपछि हिउँदे खडेरी पर्ने भन्दै विज्ञहरुले कृषि, जल, वन, ऊर्जालगायत क्षेत्रमा असर

तराईमा दिउँसो हुस्सु कम हुँदै, भोलिदेखि हिमपातको सम्भावना

पुष २०, २०८१ शनिबार । काठमाण्डौ – तराईमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने गरेकोमा हिजोदेखि सुधार हुन थालेको छ । बिहानपख हुस्सु लागे पनि दिउँसो हटेर