शुक्लाफाँटा –७ का दलबहादुर चौधरीको एक कठ्ठा जग्गामा फल्यो बाह्र क्विन्टल आलु

२०८१ चैत ४ गते, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्। उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन्।

 

उनले ‘कोमल कार्प’ नामक जातको आलुखेती गरेका छन्। थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफैँ दङ्ग परेका छन्।

 

‘धेरै फल्ने आलुको नाम सुनेको थिएँ’, चौधरीले भने, ‘रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बीउ ल्याएर रोपेँ, भने जस्तै फलेको छ।’  पाँच रुपैयाँ प्रतिदानाका दरले आठ किलो आलु बारीमा रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए।

 

पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलु उहाँले बीउका रूपमा राखेर पुनः रोप्ने योजना छ। उत्पादित आलुका दाना आधा किलोदेखि दुई किलोसम्मका रहेका छन्। यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठूलो फल लाग्ने, खानमा स्वादिलो रहेको उनले बताए। मङ्सिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको उनले जानकारी दिए।

 

चौधरीले जिल्लाका शीतभण्डारगृह नहुँदा बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गरेका छन्। ‘घरमै राख्दा कुहिएर बिग्रिन्छ’, उनले भने, ‘शीतभण्डारमा राख्नुपर्छ, जिल्लामा एक मात्रै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको शीतभण्डारगृह बन्द भएपछि भण्डारण गर्न समस्या भएकाले बाह्य क्षेत्रमा लैजानुपर्ने बाध्यता छ।’

 

तीन दशकदेखि चौधरी व्यावसायिक आलु खेतीमा संलग्न रहँदै आएका छन्। सो अवधिमा एघार प्रजातीका आलु लगाएर हेरेको भन्दै उनले यति बढी फल्ने आलुको पहिलो पटक खेती गरेको बताए।

 

अन्य जातका आलुको उत्पादन प्रतिकठ्ठा पाँचदेखि सात क्विन्टलसम्म हुने गरेको छ। चौधरीले प्रतिवर्ष १२ कठ्ठादेखि एक विगाहा जग्गामा आलुखेती गर्दै आएका छन्। उनले प्रतिवर्ष २०० देखि ३०० बोरा आलु उत्पादन गर्दै आएका छन्। आलु खेती स्याहार्न चौधरीको पूरै परिवार खटिने गरेको छ। रासायनिक मल थोरै र गोबर मल अधिक राखेर आलुखेती गरे बढी उत्पादन लिन सकिने उनी बताउँछन्। 

 

आलु उत्पादनको कार्यका लामो समयदेखि संलग्न रहँदै आए पनि बजारमा लगेपछि विचौलिया र व्यापारीले निर्धारण गरेको दररेटमा बिक्री गर्नुपर्दा कुनै बेला लागत नै नउठ्ने गरेको उनको गुनासो छ।

प्रतिकृया दिनुहोस

देशका केही ठाउँमा आज पनि वर्षा, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

२०८१ चैत ३० गते शनिबार। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव

आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२०८१ चैत्र २९, शुक्रबार, काठमाडौँ – हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, प्रदूषण घटाउन सहयोग पुग्ने

चैत २६, २०८१ मंगलबार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि तीनरचार दिनसम्म हल्का पानी पर्ने मौसमविदले बताएका छन् । बंगालको खाडीबाट