शुक्लाफाँटामा नगर गौरवका योजनाहरूको प्रगति अन्तिम चरणमा

२७ फाल्गुण, २०८१, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको कार्य तिब्र गतिमा भइरहेको छ ।
शुक्लाफाँटा नगरपालिकामा नगर चक्रपथ, नगर स्तरीय कभर्ड हल, १० शैयाको नगर अस्पताल, फोहरमैला व्यवस्थापन केन्द्र निर्माण र वडा नं। २ स्थित खानेपानी आयोजनाको काम तिब्र गतिमा भैरहेको छ । ५ वटै योजनाको काम तिब्र रुपमा भइरहेको शुक्लाफाँटा नगरपालिकाका ईन्जिनियर दिपक धामीले बताए । शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले आफुले जनता संग गरेका प्रतिबद्धाताहरुलाई क्रमसः पुरा गर्दै गरेको बताएका छन् । नगर प्रमुख महराले फोहरमैला व्यवस्थापनको काम, खेलकुल, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा तिब्र रुपमा कामहरु भैरहेको बताएका छन् । शहरी विकासको परियोजना अन्र्तरगत एडिबीको सहयोगमा बन्ने विभिन्न विकास योजनाहरुमा ८८ करोड रकम थप भएको नगर प्रमुख महराले जानकारी दिनुभयो । साथै नगरपालिकाले बनाउने चिस्यान केन्द निर्माणकालागि पहल भैरहेको छ ।
शुक्लाफाँटा नगरपालिका–१० मा निर्माणाधीन नगर स्तरीय कभर्ड हलको तिब्र रुपमा भइरहेको छ । नगरपालिकाकै लगानीमा निर्माण भइरहेको कभर्ड हलको भौतिक प्रगति ९० प्रतिशत बढी भएको छ । कभर्ड हलमा डबल बाडमिन्टन कोर्ट, भलिबल कोर्ट, १ सय ५० जना अटाउने प्याराफिट, १२ वटा शौचालय, र महिला–पुरुषका लागि छुट्टाछुट्टै चेन्जिङ रुमको सुविधा रहेको ईन्जिनियर धामीले बताए । उनका अनुसार कभर्ड हलको आर्थिक प्रगति २२ प्रतिशत भएको छ । २ करोड ६६ लाख ४९ हजार ५ सय ५४ रुपैयाँमा ठेक्का सम्झौता गरि एसएनएस जयलक्ष्मी जेभी कम्पनीले कभर्ड हल निर्माण गरिरहेको छ । निर्माण पूरा भएपछि कभर्ड हलले खेलकुदलाई प्रोत्साहन गर्नेछ ।
शुक्लाफाँटा नगरपालिकामा चक्रपथ सडक निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नम्बर १२ कालागौंडीबाट सडक निर्माण थालिएको हो । नगरपालिकाको भौतिक पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार ठेक्का प्रक्रियामार्फत सात करोड ४४ लाख ४९ हजार छ सय ३२ को लागतमा सडक निर्माण गरिन लागेको छ । सडक निर्माणका लागि सडक निर्माण कम्पनीले जिम्मा पाएको छ । सडक निर्माणका लागि विसं २०८१ असार १६ गते सम्झौता भएको थियो । तत्काल सडक निर्माणका लागि सङ्घीय सरकारबाट एक करोड ५० लाख र नगरपालिकाको एक करोड ५० गरी तीन करोड बजेट परिचालन गरिएको छ ।
सडकमा भएका संरचना हटाउने, माटो भरान गर्ने, चौडा गर्ने, कल्भर्ट निर्माण गर्ने, होमपाइप राख्ने, ग्याबिन जाली राख्ने कार्यसँगै कालोपत्रेको कार्य गरिने शाखा प्रमुख धामीले बताए। ‘पहिलो चरणमा वडा नम्बर १२ को कालागौंडीदेखि वडा नम्बर ३ को जोनापुरसम्मको ५ दशमलव ९ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रेको कार्य गर्ने गरी ठेक्का सम्झौता भएको छ ।’ सडकको क्षेत्राधिकार २० मिटर रहेको छ । अहिले नौ मिटर चौडाइको सडकमा ग्राभेलिङ गरिने छ भने सात मिटर चौडाइको सडकमा कालोपत्रे गरिने छ । सडकखण्डको वडा नम्बर १ को खजुवापट्टि र वडा नम्बर ३ को जोनापुर क्षेत्रमा तीन हजार एक सय ९० घनमिटरको ग्याबिन जाली राख्ने कार्य हुनेछ । चक्रपथ सडकको कूल लम्बाइ करिब ४४ किलोमिटर बढी रहेको छ । यस मध्ये हाल वडा नम्बर १२ को कालागौंडीदेखि वडा नम्बर ६ र ७ को सीमासम्मको १४ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अद्यावधिक गरिएको छ । चक्रपथ सडक निर्माणका लागि डिपिआर निर्माण गर्ने कार्य विसं २०७६ मा भएको थियो । डिपिआर बनेको लामो समयपछि सडक कालोपत्र गर्ने कार्यले गति लिएको छ ।
१० शैयाको नगर अस्पतालको ६५ प्रतिशत प्रगति
शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीमा निर्माणाधीन १० शैयाको नगर अस्पतालको ६५ प्रतिशत काम सम्पन्न भएको छ । ९ करोड ८१ लाख ७९ हजार ८ सय २५ रुपैयाँ लागतमा निर्माण भइरहेको नगर अस्पतालमा भवन, गेट, पर्खाल, गार्ड पोष्ट, पेभमेन्ट, वाटर ट्यांक, सेप्टिक ट्यांक, सोक पिट, र गार्डेनिङको सुविधा छन्। के निरज जेभीले निर्माण गरिरहेको अस्पतालको आर्थिक प्रगति हालसम्म ४९ प्रतिशत पुगेको छ । नगर अस्पतालको ५ महिना म्याद थप गरिएको छ। जस अनुसार निर्माण कम्पनीले मंसिर मसान्तभित्र काम सक्नुपर्नेछ ।
खानेपानी आयोजना निर्माण तिब्र
शुक्लाफाँटा नगरपालिका वडा नं। २ स्थित निमार्णाधीन खानेपानी आयोजनाको तिब्र गतिमा भइरहेको छ । हालसम्म ९५ प्रतिशत भौतिक प्रगति गरेको छ । कुल लागत ६ करोड १४ लाख ५४ हजार ६ सय ८५ रुपैयाँमा निर्माण भइरहेको योजनाबाट वडावासीले शुद्ध खानेपानी उपभोग गर्न पाउने छन् । उच्चकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको खानेपानी योजनामा २२।९७ किलोमिटर लामो वितरण पाइप, १ सय ६१ मिटर ट्रान्समिसन पाइप र ५ सय ८५ धारा जडान गरिनेछ । खानेपानी आयोजनाको हालसम्म ६५ प्रतिशत आर्थिक प्रगति भएको छ । बहुवर्षे खानेपानी योजनाको ८ महिना म्याद थप गरेर चालु आर्थिक वर्षको फागुन मसान्त भित्र काम सक्नुपर्ने समय सीमा दिइएको छ ।
नगरपालिकाले विभिन्न क्षेत्रमा सडक बत्तीहरु जडान कार्य गरेको छ । सुरक्षा र सहजताकालागि सडक बत्ती संगै सुरक्षा क्यामराहरु पनि जडान गरिएका छन् । नगरपाकिलाको बजार क्षेत्र र मुख्य मुख्य चोकहरुमा ठुला पोलहरुमा सडक बत्तीहरु जडान गरेको छ । साथै नगरपालिकाको बजार क्षेत्रहरुमा पनि सडक बत्तीहरु जडान गरिएका छन् । शुक्लाफाँटा नगरपमलिका क्षेत्रमा २ सय २२ सडक बत्ती र १० वटा हाई मास्ट लाइट जडान गरिएको छ । नगरपालिको झलारी–पिपलाडी सडकमा ५५, झलारी–टोटी सडकमा १ सय ४९, झलारी सिसैया सडकमा १८ सडक बत्ती जडान गरिएको छ भने नगरपालिकाको वडा नं। १, ११, ४, ५ र वडा नं। १० का मुख्य चौराहामा गरि १० वटा हाई मास्ट लाइट जडान गरिएको हो । पालिकाको वडा नं। १, ७, ४, ५, १० र ११ का विभिन्न स्थानहरु जडान भएका छन् ।
फोहर मैला व्यवस्थापन केन्द्र निमार्णको कार्य अन्तिम चरणमा
शुक्लाफाँटा नगरपालिकामा फोहर मैला व्यवस्थापन केन्द्र निमार्णको कार्य अन्तिम चरणमा रहेको छ । नगरपालिकाको वनहरा खोला किनारामा निर्माण भइरहेको फोहर मैला व्यवस्थापन केन्द्र निमार्णको कार्य अन्तिम चरणमा रहेको हो । नगरपालिकाका सूचना अधिकारी मोहन फुलाराले एडिबीको आर्थिक सहयोगमा वडा नम्बर ११ स्थित श्री कृष्ण सामुदायिक वन क्षेत्रमा फोहर मैला व्यवस्थापन केन्द्र निर्माणको कार्य ८९ प्रतिशत सम्पन्न भएको जनाए । बस्ती भन्दा डेढ किलोमिटर पर फोहर मैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको निर्माणको कार्य गरिरहेको सहरी विकास कार्यालय धनगढीले जनाएको छ ।
फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि २०७९ जेठमा रमण केएस जेबीसँग २६ करोड ७७ लाखमा सम्झौता गरिएको थियो । २० महिनामा निर्माण कार्य सक्ने गरी सम्झाँैता भए पनि ढिलो गरी काम अगाडी बढेकाले समयमै निर्माणको कार्य हुन नसकेको नगरपालिकाका इन्जिनियर दीपक धामीले बताए । अहिले दोस्रो पटक म्याद थप गरेर निर्माणको कार्य भइरहेको सहरी विकास कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर पुष्प भट्टले जानकारी दिए । उनले आगामी फागुन महिनामा भित्र निर्माणको कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताए । फोहर मैला व्यवस्थापन केन्द्र निर्माण भएपछि फोहरबाट मोहर बनाउने लक्ष्य नगरपालिकाको छ । अहिले नगरपालिकाले कृष्ण सामुदायिक वनमा फोहर व्यवस्थापनको कार्य गरिरहेको छ ।
वनहरामा केन्द्र निर्माण सम्पन्न भएपछि ५० वर्ष सम्म कुनै असर नपर्ने गरी फोहर मैला व्यवस्थापन केन्द्रलाई पर्यटकीय स्थल समेत बनाउने योजना रहेको छ ।

मणिका धाममा धार्मिक मेला सुरु
२०८१ फाल्गुण २३ गते, झलारी, कञ्चनपुर, । शुक्लाफाँटा नगरपालिकाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि

मणिकाधाम मेलामा जान, आउन महिला साना किसान सहकारी झलारीले निःशुल्क बस सेवा सञ्चालन गर्ने
भोजराज जोशी, २०८१ फाल्गुण २३ गते शुक्रबार, झलारी । शुक्लाफाँटा नगरपालिका–१० स्थित महिला साना किसान कृषि सहकारी संस्था झलारीले मणिकाधाम मेलामा जाने

बङ्क, नायल, बुडर सडक कालोपत्रको काम अगाडि बढाउने प्रतिबद्धता
शुक्रबार २३, फागुन २०८१, कञ्चनपुर । बङ्क(नायल(बुडर सडक कालोपत्र गर्ने ठेक्का भएको चार वर्षपछि मात्रै निर्माण व्यवसायीले काम अगाडि बढाउने प्रतिबद्धता
प्रतिकृया दिनुहोस