आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

फाल्गुन २४, २०८१ काठमाडौँ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।
सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् ।
विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।
नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।
यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको छ । समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ ।
हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति छ ।

चिसापानीको होटेलमा राति छात्रासँग जन्म दिन मनाउने प्रस्ताव राख्ने प्रअ कारबाहीमा
२०८१ फाल्गुन २२, कैलाली । कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टलाई कारबाही गरिएको छ। जिल्लाको गौरीगंगा

हेडसरले जन्मदिन मनाउने बाहानामा आफ्नै छात्रालाई चिसापानीको होटल पुर्याएपछि,....
मङ्गलबार, फागुन २०, २०८१, धनगढी । कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टको फागुन २ गते जन्म हो। जिल्लाको गौरीगंगा

आईतबार धनगढीमा राप्रपाको बिरोध सभा हुँदै
२०८१ फाल्गुण १८ , कञ्चनपुर । आइतबार राष्ट्रिय प्रजातन्त्र पाटीको धनगढीमा बिरोध सभा हुँदै छ । राप्रपाले सातै प्रदेशमा गर्न लागेको बिरोध सभा
प्रतिकृया दिनुहोस