शुक्लाफाँटा को धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका धाममा लाग्ने मेलाका लागि तयारी पूरा

२०८१ फागुन २१ गते, शुक्लाफाँटा, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडकामा लाग्ने मेला जाँत को तयारी पूरा भएको छ ।
यही फागुन २३ र २४ गते लाग्ने मेलाका लागि मन्दिर परिसरमा सरसफाइसँगै सडक मर्मतलगायत तयारी पूरा भएको हो ।
मेलाका लागि मन्दिर परिसरभन्दा तल्लो क्षेत्रमा व्यापारिक प्रयोजनका पसल राख्ने व्यवस्था मिलाइएको छ । सवारीसाधन पार्किङका लागि स्वयंसेवक छनोट गरिएको वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालले बताए ।
“मन्दिर परिसर र त्यसको आसपासको क्षेत्रलाई दर्शनार्थीका लागि छुट्टयाएका छौँ”, उनले भने,“मेला क्षेत्रमा मदिरा पूर्ण रूपमा निषेध गरिएको छ ।” दर्शनार्थीका सवारीसाधन हिँड्ने सडकमा धुलाम्मे हुने भएकाले त्यसमा पानी छर्केर व्यवस्थित पार्ने कार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो । खानेपानीको उचित प्रबन्ध गरिएको छ ।
अध्यक्ष हमालका अनुसार मेला क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिन शान्ति सुरक्षाका लागि प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिलाहरूलाई मन्दिरमा दर्शन गर्न पहिलो प्राथमिकतमा राख्ने निर्णय गरिएको समितिका कोषाध्यक्ष डम्बरबहादुर ऐरले बताए ।
फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन दिउँसो मुडकामा प्रत्येक वर्ष मेला लाग्ने गर्दछ । यस अवसरमा नगरपालिको स्थानीय बिदा दिने गरेको छ । जिल्लाकै धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्यका रूपमा मुडकालाई लिने गरिन्छ ।
मन्दिरको दर्शन गरेमा मुडकामा रहेको बैजनाथ बाबाको दर्शन गरेमा ईच्छित फल पाइने जनविश्वासका कारण दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । मेलामा भारत, नेपालका दर्शनार्थीसँगै व्यापारीको ठूलो जमघट हुने स्थानीय बताउँछन् ।
मुडका क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ छ ।
पूर्वपश्चिम राजमार्गभन्दा झण्डै ११ किलोमिटर उत्तर चुरेको फेदीमा रहेको यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सर्नेको आश्रयस्थल रहिआएको मानिन्छ । रासस

शुक्लाफाँटामा नगर गौरवका योजनाहरूको प्रगति अन्तिम चरणमा
२७ फाल्गुण, २०८१, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको कार्य तिब्र गतिमा भइरहेको छ । शुक्लाफाँटा नगरपालिकामा नगर

मणिका धाममा धार्मिक मेला सुरु
२०८१ फाल्गुण २३ गते, झलारी, कञ्चनपुर, । शुक्लाफाँटा नगरपालिकाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि

मणिकाधाम मेलामा जान, आउन महिला साना किसान सहकारी झलारीले निःशुल्क बस सेवा सञ्चालन गर्ने
भोजराज जोशी, २०८१ फाल्गुण २३ गते शुक्रबार, झलारी । शुक्लाफाँटा नगरपालिका–१० स्थित महिला साना किसान कृषि सहकारी संस्था झलारीले मणिकाधाम मेलामा जाने
प्रतिकृया दिनुहोस