कञ्चनपुरको वनहरा नदीमा पुल निर्माण अन्तिम चरणमा

२०८१, माघ १४, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका(१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीले सम्झौताअनुसार २५ करोड ९६ लाख ३६ हजार ३४० रुपैयाँ लागतमा पुल निर्माण गरिरहेको हो।

 

ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र निर्माण अगाडि बढाइएको छ। सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गरिसक्नुपर्ने भएकाले सोहीअनुरुप निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको निर्माण व्यवसायीको भनाइ छ।


पुल निर्माणमा संलग्न इञ्जिनियर विकास श्रेष्ठका अनुसार पुलको पिलर ठड्याउने कामसँगै सबट्रक्चरको काम पूरा भएको छ।


सुपर स्ट्रक्चर निर्माण अगाडि बढाइएको छ। नदी दुवैतर्फको तटबन्ध निर्माण हुन बाँकी छ। ठेक्का सम्झौताअनुसार पुलको दायाँबायाँको क्षेत्रमा ८२५ मिटर लम्बाइको तटबन्ध निर्माण हुने इञ्जिनियर श्रेष्ठले बताए।

 

पक्की पुल क्षेत्रमा ३०० मिटर कालोपत्र हुनेछ। पुलको लम्बाइ २७५ मिटर रहेको छ भने चौडाइ ११ मिटर छ। पुल निर्माणका लागि २०७८ साल फागुन ५ गते ठेक्का सम्झौता भएको थियो। पुल निर्माण कार्य २०८१ साल फागुन ४ गतेभित्र पूरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।

 

नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघि आएको बाढीले चुडालेर बगाएपछि स्थानीय बासिन्दा वर्षातका बेला बाढी आएको नदी तर्न बाध्य छन्।

 

हिउँदमा स्थानीय विपद् समितिले निर्माण गरेको अस्थायी पुलमा सवारीसाधन गुडाएवापत शुल्क तिर्दै आएका छन्। पुल निर्माण पूरा भएपछि नदीमा जोखिम मोलेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने वडाध्यक्ष नवलसिंह राना बताउँछन्। रासस

प्रतिकृया दिनुहोस

शुक्लाफाँटामा नगर गौरवका योजनाहरूको प्रगति अन्तिम चरणमा

२७ फाल्गुण, २०८१, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको कार्य तिब्र गतिमा भइरहेको छ ।   शुक्लाफाँटा नगरपालिकामा नगर

मणिका धाममा धार्मिक मेला सुरु

२०८१ फाल्गुण २३ गते, झलारी, कञ्चनपुर, । शुक्लाफाँटा नगरपालिकाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि

मणिकाधाम मेलामा जान, आउन महिला साना किसान सहकारी झलारीले निःशुल्क बस सेवा सञ्चालन गर्ने

भोजराज जोशी, २०८१ फाल्गुण २३ गते शुक्रबार, झलारी । शुक्लाफाँटा नगरपालिका–१० स्थित महिला साना किसान कृषि सहकारी संस्था झलारीले मणिकाधाम मेलामा जाने