होलीमा अवाञ्छित गतिविधि नगर्न र मर्यादित तरिकाले होली मनाउन प्रशासनको अपिल, जथाभाबी रङ लगाउने र पानी छ्याप्नेलाई कारबाही गरिने

धनगढी, फागुन २९ गते । रङको पर्व होलीमा कसैको इच्छाविपरीत जथाभाबी रङ लगाउने कार्य गरेमा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

 

प्रशासनले बुधबार सार्वजनिक सूचना जारी गरी मर्यादित तरिकाले होलीपर्व मनाउन जिल्लावासीलाई अपिल गरेको छ । तराईमा चैत १ गते होली मनाइने भए पनि त्यसको रमझम सुरु भइसकेको छ ।

 

होली मनाउने नाममा अवाञ्छित गतिविधि नगर्न प्रशासनले अपिल गरेको छ । त्यस्तो गरेको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा जारी सूचनामा उल्लेख छ ।

 

कोही कसैको इच्छाविपरीत हानिकारक वस्तु दल्ने कार्य नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

२०८१ चैत्र ३० । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले

सुदूरपश्चिमेलीहरुको मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो

२०८१ चैत्र ३० । सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर

वायु प्रदूषण अनी मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या

२०८१, बुधबार चैत २७ गते । पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ ।   वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि