कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
२०८१ मंसिर १५, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्रवार देखि बाघको गणना सुरु गरिएको छ।
निकुञ्जको जङ्गल क्षेत्रमा क्यामेरा ‘ट्यापिङ’ विधिबाट बाघको अनुगमन तथा गणना सुरु गरिएको हो। यसका लागि जङ्गल क्षेत्रको आवश्यक ठाउँमा क्यामेरा जडान गरिएको छ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले क्यामरा ‘अन’ गरेर आज बाघ गणना कार्यको थालनी गरेका हुन।
सो अवसरमा निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीले निकुञ्जका गतिविधि बारेमा प्रकाश पारेका थिए। निकुञ्जमा वर्सेनि बाघको सङ्ख्या बढ्दै गएको अधिकृत चौधरीले बताए। गत वर्ष गरिएको बाघको गणनाका क्रममा निकुञ्जमा ४४ वटा बाघ फेला परेका थिए।
यसअघि विसं २०७८ सम्म निकुञ्जमा ३८ बाघ थिए। आर्थिक वर्ष २०७८÷७९ को निकुञ्जको वार्षिक तथ्याङ्कका अनुसार निकुञ्जमा १७ गैँडा, दुई हजार तीन सय १३ बाह्रसिङ्गा र ८२ निलगाई छन्। करिब ५६ प्रजातिका घस्रिने जन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, चार सय ५० प्रजातिका चरा रहेका छन्।
कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग
२०८१ मंसिर १५, कञ्चनपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिल्लाको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग गर्दै शुक्रवार
कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रे गर्न माग
२०८१ मंसिर १३ गते, बिहीबार, कञ्चनपुर । स्थानीयले कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रको काम अगाडि बढाउन माग
एकैदिन झण्डै १६ हजार रुपैयाँले घट्यो सुनको मूल्य
२०८१ मंसिर १० गते, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सरकारले सुन आयातमा भन्सारमा लिँदै आएको २० प्रतिशत शुल्कलाई आधा घटाएर
प्रतिकृया दिनुहोस