यस वर्षको बडादशैँ सकियो

२०८१ कार्तिक ०१ गते बिहीबार ।  यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर दशैँ समापन भएको हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा हिजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको थियो ।

 

समितिका अनुसार साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने आज बिहीवार परेको छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि टीका र जमरा लगाउने क्रम शुरु भएको थियो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि असोज शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

प्रतिकृया दिनुहोस

कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन, पूर्णिमा भोलि, ‘कोजाग्रत’ आज

२०८१ असोज ३० गते बुधबार, । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि

आज आश्विन शुक्ल पक्षको त्रयोदशी, बडादशैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

२०८१ असोज २९ गते, मंगलबार,। आज मंगलबार आश्विन शुक्ल पक्षको त्रयोदशीको दिन पनि बडादशैँको टीका लगाउने क्रम जारी छ। मंगलबार ४० घडी १४ पला त्रयोदशी तिथि

कञ्चनपुरमा स्रोत नखुलेको २५ लाखसहित एक जना पक्राउ

२०८१ असोज २३, कञ्चनपुर । कञ्चनपुरमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५ लाख