कञ्चनपुरमा स्रोत नखुलेको २५ लाखसहित एक जना पक्राउ

२०८१ असोज २३, कञ्चनपुर । कञ्चनपुरमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५ लाख बढी नगदसहित एक जना भारतीय नागरिक पक्राउ परेका हुन्।

 

सशस्त्र प्रहरीको ब्रम्हदेवस्थित बिओपीले मंगलबार साँझ उक्त रकम बरामद गरेको हो। सशस्त्र प्रहरीको झलारी स्थित ३५ नम्बर गणका एसपी खगेन्द्रबहादुर चन्दका अनुसार भारत उत्तराखण्डको चम्पावत जिल्लास्थित टनकपुरका स्थानीय अभिशेक गुप्ताबाट १२ लाख ७४ हजार २२० भारु र ५ लाख १३ हजार नेपाली रुपैयाँ बरामद गरिएको हो।

 

सो रकमको स्रोत खुलाउन नसकेपछि बरामद गरेर राजश्व अनुसन्धान विभागमा पठाएको उनले बताए। बरामद गरिएको रकम, भारतीय नम्बरको स्कुटर र भारतीय नागरिकलाई कोहोलपुरस्थित राजश्व अनुसनधान विभाग पठाइएको उनले बताए।

प्रतिकृया दिनुहोस

यस वर्षको बडादशैँ सकियो

२०८१ कार्तिक ०१ गते बिहीबार ।  यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप

कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन, पूर्णिमा भोलि, ‘कोजाग्रत’ आज

२०८१ असोज ३० गते बुधबार, । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि

आज आश्विन शुक्ल पक्षको त्रयोदशी, बडादशैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

२०८१ असोज २९ गते, मंगलबार,। आज मंगलबार आश्विन शुक्ल पक्षको त्रयोदशीको दिन पनि बडादशैँको टीका लगाउने क्रम जारी छ। मंगलबार ४० घडी १४ पला त्रयोदशी तिथि