प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

२०८१ असोज १४ गते सोमबार, । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर अमेरिकाबाट नेपाल फर्कन हवाईजहाजबाट प्रस्थान गरेका छन् ।

 

उनी आज अमेरिकाबाट स्वदेश फर्कन कतारको दोहातर्फ प्रस्थान गरेका हुन् । उनी दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।

 

यही असोज ४ गते अमेरिका गएका प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । उनी पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार नै आज स्वदेशका लागि उडेका हुन् । महासभालाई सम्बोधन गरेपछि अमेरिकी राष्ट्रपतिसहित विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग उनले भेटघाट गरेका थिए ।

 

यसबीच नेपालमा बाढीपहिरोले बितण्डा निकै मच्चाए पनि बेवास्ता गर्दै स्वदेश नफर्किएको भन्दै राजनीतिक वृत्तमा उनको निकै आलोचनासमेत भएको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा शुक्लाफाटाको भम्के पानीमा शुभकामना आदानप्रदान तथा जनप्रतिनिधि भेटघाट कार्यक्रम सम्पन्न

२०८१ कार्तिक ०१ गते बिहीबार,कञ्चनपुर । शुक्लाफाटाको भम्के पानीमा शुभकामना आदानप्रदान तथा जनप्रतिनिधि भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।   बुधबार

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन गरिने

२०८१ असोज १४ गते सोमबार, । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा  परिचालन हुने गरेका छन्। प्रदेशका नौवटै जिल्लामा दशै,

कृष्णपुरको एक आर्थिक वर्षको इन्धन खर्च डेढ करोड नजिक

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक आर्थिक वर्षमा करिब डेढ करोडको हाराहारीमा इन्धनमा खर्च गरेको छ । नगरपालिकाले गत