आजदेखि मौसममा क्रमिक रुपमा सुधार आउने
२०८१ असोज १३ गते आइतबार, । आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेकोेले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले अनुरोध गरेको छ।
चिसो बढ्यो, तापक्रम घट्दा कठ्याङ्ग्रिने जाडो, सुदूरपश्चिम र कर्णालीमा हिउँदे वर्षा र हिमपात
२०८१ मंसिर २५ गते, मंगलबार । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली छ। बदलीसँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा
पश्चिमी न्यून चापीय प्रणालीका कारण एकाएक मौसम बदली, चिसो अझै बढ्ने, भोलि र पर्सि हिमाली क्षेत्रमा हिमपातको सम्भावना,
२०८१ मङ्सिर २२ शनिबार, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ ।
आजको मौसम
२०८१ कार्तिक ०१ गते बिहीबार । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा स्थानीय वायुको पनि आंशिक
प्रतिकृया दिनुहोस