शुक्लाफाँटामा सडक दुर्घटनामा परि युक्रेनी नागरिकसहित दुई जना घाइते

२०८१ असोज ०९ गते बुधबार,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका१० स्थित झलारी सडक दुर्घटनामा परि दुई जना घाइते भएका छन्। मोटरसाइकल र साइकल आपसमा ठोक्किदा युक्रेनी नागरिकसहित दुई जना घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार दुर्घटनामा परि युक्रेनी नागरिक एन्ड्री र शुक्लाफाँटा नगरपालिका११ कलुवापुरकी ३५ वर्षीय सिता कामी घाइते भएका हुन्।

 

एन्ड्रीले चलाइ रहेको एलए ०२ ए ५८४५ भारतीय नम्बरको मोटरसाइकल कामीको साइकलसँग ठोक्किएको थियो। झलारीस्थित टी एण्डी सी अस्पतालमा प्राथमिक उपचारपछि दुबै जनालाई थप उपचारका लागि धनगढीस्थित माया मेट्र अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

एका बिहानै सुदूरपश्चिम पुरै हल्लियो, बाजुरा आसपास केन्द्रबिन्दु भएर ५।२ म्याग्निच्युडको भूकम्पको धक्का

६ पुष २०८१, शनिबार शनिवार बिहान ४:१४ बजे बाजुराको गोत्री आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका

डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका ईन्जिनियर धामीको मृत्यु

२०८१ मंसिर १५ शनिबार ,डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।   जिल्लाको परशुराम नगरपालिका(११ सल्लेताका

कञ्चनपुरको कलुवापुर स्थित बनरामा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा ३१ जना घाइते

२०८१ मंसिर ८ गते शनीबार, कन्चनपुर । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत कन्चनपुरको शुक्लाफाँटा