आजदेखी सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि छलफल हुँदै

२०८१ असोज ०५ गते शनिबार, । सुदूरपश्चिम सरकारले भाद्र ३१ गते संसदमा प्रस्तुत गरेको बजेटमाथि आजदेखि छलफल हुने भएको छ । यसअघि शुक्रबार देखि बजेटमाथी छलफल गर्ने भनिए पछि सत्तारुढ दलहरु बिच कै मतभेदका कारण बैठक बस्न सकेको थिएन ।

 

सुदूरपश्चिममा असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि अहिलेको सरकारले असार १ गते प्रस्तुत बजेट फिर्ता लिएर दुई महिना पछि अर्को बजेट ल्याएको थियो ।

 

तर बजेट ल्याएको पाँच दिन बितिसक्दासमेत बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।

 

प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेका लागि बैठक आव्ह्रान गरेको थियो । तर शुक्रबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलहरु भित्र सहमति नबनेपछि बैठक नै स्थगित गरिएको थियो ।

 

त्यसपछि शुक्रबार साँझ पुनः बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलका सांसदहरु बिच शनिबार बैठक राखेर बजेट माथिको छलफल सुरु गर्ने समझदारी भएको छ । सोही समझदारी अनुसार आज बैठक बस्न लागेको सभामुख भीमबहादुर भण्डारीले बताएका छन ।

प्रतिकृया दिनुहोस

जिबी, रवि र छवि कारबाहीका भागीदार

२०८१ असोज ०५ गते शनिबार, । काठमाडौँ । विभिन्न सहकारी संस्थाबाट कानुनविपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा जम्मा भएको ६५ करोड ५४ लाख रकममध्ये २२ करोड

इपिएस कोरिया सिप परीक्षामा आठ हजारभन्दा बढी उत्तीर्ण

२०८१ असोज ०५ गते शनिबार, काठमाण्डौँ । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दोस्रो चरणको भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित, बैठक अनिश्चित हुदा कर्मचारी मारमा

२०८१ असोज ०५ गते शनिबार, ।सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त