सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित, बैठक अनिश्चित हुदा कर्मचारी मारमा

२०८१ असोज ०५ गते शनिबार, ।सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । गएको सोमबार प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गरेको थियो । आजको बैठकमा बजेटमाथि नै छलफल हुने कार्यसूची थियो । प्रदेश सरकारको बजेटप्रति प्रतिपक्षी दल नेकपा  माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको विमति छ । संविधानमा भएको व्यवस्थाभन्दा विपरीत तरिकाले बजेट ल्याएको भन्दै दुवै दलले बजेट भाषण नै बहिस्कार गरेका थिए ।

 

शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । बैठकमा बजेट माथी छलफल गर्ने कार्यसुची रहेको थियो । चालू आर्थिक बर्षको बजेट पारित नहुदा कर्मचारी मारमा परेका छन् ।

 

एक जना कर्मचारीले भने (चिल्ला गाडीमा झण्डा राखेर कुद्नेहरुलाई के फरक पर्छ,ंं आखिर पछि भुक्तानी हुने गरि गाडीमा तेल हाल्न पाएकै छन, अफिसियल स्लिपमा रासन समेत पाइरहेका छन तर तलबबाटै जेनतेन घरको छाक टार्ने कर्मचारीलाई ३ महिना देखी तलब नपाउदा धेरै समस्या भएको छ । ढिलै भएपनि प्रदेश सभामा बजेट पेश भएपछि अब तलब पाईने आशा वोकेका अर्का कर्मचारीले भने – अझै बजेट पास नभएर प्रदेश सभा बैठक रोक्यको रोक्यै छ, हामी तल्लो स्तरका कर्मचारीलाई बजेट पास नहुदा निकै समस्या भयो । उनले थपे – नेता र कर्मचारीमा आकास पतालको फरक छ, हरेक कुरा उनिहरुले नै पारीत गर्नुपर्ने हुन्छ , आफु दैनिक ज्यालादारीमा काम गर्ने हुदा झनै समस्या छ ।

 

कार्यालय सहायोगी जसलाई पटक पटक छोराछोरीको फिस तिर्ने पैसाको लागि स्कुलले ताकेता गरेको छ , जस्लाइ पसलेले उधारो तिर्न नसक्ने भए मेरो पसल बाट सामान नलग्नु भनेर लज्जित पारेको छ, उनले भने – जसलाई ३ महिना सम्म तलब न आउदा बिजुलीको र पानीको महसुल न तिरेकोले लाइन काटिएको छ । योजना हालिदिने भनेर लिएको कमिसन योजना नपरेको झोकमा बजेट पारित गर्न असहयोग गरे होलान तर कमजोर आर्थिक अबस्थामा रहेकाको पीडा बुझ्ने कसले भनेर प्रश्न गरे । शुक्रबारको बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जानकारी दीएको छ ।

प्रतिकृया दिनुहोस

आजदेखी सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि छलफल हुँदै

२०८१ असोज ०५ गते शनिबार, । सुदूरपश्चिम सरकारले भाद्र ३१ गते संसदमा प्रस्तुत गरेको बजेटमाथि आजदेखि छलफल हुने भएको छ । यसअघि शुक्रबार देखि बजेटमाथी छलफल

जिबी, रवि र छवि कारबाहीका भागीदार

२०८१ असोज ०५ गते शनिबार, । काठमाडौँ । विभिन्न सहकारी संस्थाबाट कानुनविपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा जम्मा भएको ६५ करोड ५४ लाख रकममध्ये २२ करोड

इपिएस कोरिया सिप परीक्षामा आठ हजारभन्दा बढी उत्तीर्ण

२०८१ असोज ०५ गते शनिबार, काठमाण्डौँ । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दोस्रो चरणको भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण