सुदूरपश्चिममा २८६ टुक्रे तटबन्धनका योजनामा सवा ३२ करोड बजेट विनियोजन

२०८१ असोज ०५ गते शनिबार, । सुदूरपश्चिममा नदी तटबन्धनका लागि सवा ३२ करोड बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ५ र १० लाख गरेर नदी तटबन्धन गर्न सवा ३२ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो। टुक्रे योजनामा बजेट नहाल्ने बताएको सुदूरपश्चिम सरकारले २८६ तटबन्धका टुक्रे योजनाका लागि बजेट विनियोजन गरेको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले कार्यान्वयन गर्ने योजनामा ५ लाख, १० लाख र २० लाख बजेट छुट्याइएको छ।

 

१० लाख बजेटमा तटबन्धका सबैभन्दा बढी योजना पहाडी ७ जिल्लामा परेका छन्। टुक्रे योजनामा बजेट नहाल्ने घोषणा गरेको प्रदेश सरकारले तटबन्धका २८६ योजनामा ३२ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कैलाली, डडेल्धुरा, डोटी र दार्चुला कार्यक्षेत्र रहेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले बाँकी जिल्ला समेत हेर्नुपर्ने जिम्मेवारी छ।

 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय कैलालीले कञ्चनपुरमा समेत काम गर्दै आएको छ। प्रदेश सरकारले कैलालीमा २५ र कञ्चनपुरमा ११ योजनामा बजेट विनियोजन गरेको छ। कैलालीमा २५ वटा तटबन्धका योजनामा एक करोड ९३ लाख बजेट विनियोजन गरेको छ।

 

कैलालीमा १४ तटबन्धका योजनामा ५ लाखका दरले बजेट विनियोजन गरेको छ भने सात योजनामा १० लाखका दरले बजेट विनियोजन गरेको छ। यस्तै एउटा योजनामा ८ लाख र ९ लाख ६० हजार तथा दुई योजनामा १५र१५ लाखका दरले बजेट छुट्याएको छ। कञ्चनपुरमा ११ वटा तटबन्धको योजनामा प्रदेश सरकारले १ करोड १७ लाख बजेट विनियोजन गरेको छ।

 

दुई तटबन्धका योजनामा ५र५ लाख, एउटामा ८ लाख, थप अर्को योजनाका लागि ९ लाख र ६ योजनामा १० लाखका दरले तथा एउटा योजनामा ३० लाख बजेट विनियोजन गरिएको छ। डोटीमा २४ तटबन्धका योजनाका लागि दुई करोड ४६ लाख बजेट विनियोजन गरेको छ। डोटीमा १५ वटा योजनामा १० लाखका दरले बजेट छ भने दुई योजनामा २०र२० लाख र अन्यमा ५ र ८ लाखका दरले बजेट विनियोजन गरिएको छ।

 

अछाममा तटबन्धका ३४ योजनामा ३ करोड ५१ लाख बजेट विनियोजन गरिएको छ। एउटा योजनामा ७ लाख, अर्कोमा ८ लाख, थप २ योजनामा १६र१६ लाख बजेट विनियोजन गरिएकोमा ३० योजनामा १० लाखका दरले बजेट राखिएको छ। दार्चुलामा २९ तटबन्धका योजनामा ४ करोड ३६ लाख बजेट विनियोजन गरिएको छ। जिल्लामा १२ योजनामा १० लाखका दरले बजेट छ भने थप १० योजनाममा २० लाखका दरले बजेट छुट्याइएको छ।

 

दार्चुलामा ८ लाखको एक, १५ लाखको एक, १६ लाखको एक, ३० लाखको एक तथा ३२ लाखको एउटा तटबन्धको योजना राखिएको छ। डडेल्धुरामा तटबन्धका ४२ टुक्रे योजना छन्। ४२ योजनामा ५ करोड २३ लाख बजेट विनियोजन गरिएको छ। अधिकांश योजनामा १० लाख बजेट राखिएको छ। बैतडीमा तटबन्धका टुक्रे योजनाको संख्या ४६ वटा छन्। जसमा प्रदेश सरकारले ५ करोड ३५ लाख बजेट छरेको छ।

 

बझाङमा सर्वाधिक ५७ योजनामा सरकारले ६ करोड ४१ लाख बजेट वितरण गरेको छ। बझाङको ४६ वटा तटबन्धको योजनामा १० लाखका दरले बजेट हालिएको छ भने ३० लाख र ३२ लाखको एकरएक योजना, १५ लाखको दुई, २५ लाखको दुई, ८ लाखको दुई र ६ लाखको एउटा योजना परेको छ। प्रदेश सरकारले दुईदेखि चार ठाउँका लागि एकै शिर्षकको कार्यक्रम  राखेर २० लाख र ३० लाख बजेट छुट्याएको छ। कार्यान्वयन गर्दा एक ठाउँका लागि ५ लाख र १० लाख नै भाग पर्ने देखिएको छ। व्यक्ति विशेषलाई पोस्न टुक्रे योजनामा बजेट विनियोजन गरेको पाइएको छ।

प्रतिकृया दिनुहोस

आजदेखी सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि छलफल हुँदै

२०८१ असोज ०५ गते शनिबार, । सुदूरपश्चिम सरकारले भाद्र ३१ गते संसदमा प्रस्तुत गरेको बजेटमाथि आजदेखि छलफल हुने भएको छ । यसअघि शुक्रबार देखि बजेटमाथी छलफल

जिबी, रवि र छवि कारबाहीका भागीदार

२०८१ असोज ०५ गते शनिबार, । काठमाडौँ । विभिन्न सहकारी संस्थाबाट कानुनविपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा जम्मा भएको ६५ करोड ५४ लाख रकममध्ये २२ करोड

इपिएस कोरिया सिप परीक्षामा आठ हजारभन्दा बढी उत्तीर्ण

२०८१ असोज ०५ गते शनिबार, काठमाण्डौँ । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दोस्रो चरणको भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण