पल शाह र पुजा शर्मा बिहिबार धनगढी आउने

२०८१ भदौ २७ गते बिहीबार, धनगढी । पल शाह र पुजा शर्मा  बिहिबार भाद्र २७ गते दिउसो १२ बजे र २ः३० को शोमा धनगढी आउने भएका हुन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म रावायणको टिम देश दौडधोपमा छ ।

 

फिल्मका प्रमुख कलाकार पल शाह, पुजा शर्मा, प्रकाश शाहलगायतको टिमले नेपालगञ्जबाट मोफसलका दर्शकको प्रतिक्रिया लिने काम सुरु गरेका छन् । निर्माण पक्षका अनुसार फिल्मको टिमले धनगढीमा रहेको एस।टी।एस सिनेमामा दर्शक संगै बसेर फिल्म हेर्दै दर्शकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

 

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माण भएको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

 

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

प्रतिकृया दिनुहोस

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

२०८१ असोज ०२ गते बुधबार, । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ।

सुदुरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै

२०८१ असोज १ गते मंगलबार, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा हरेक वर्ष असोज संक्रान्तिमा बुढी पोल्ने पर्व मनाउने चलन छ । सुदुरपश्चिम

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस मनाइँदै

२०८१ असोज १ गते मंगलबार, । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं