आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस मनाइँदै

२०८१ असोज १ गते मंगलबार, । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ

 

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमाभेद द्वारकाबनाइ लुकाएको धार्मिक विश्वास एकै रातमा समुद्रको बीचमाभेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् बताउछन्

 

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ विश्वकर्माले निर्माण गरेकोभेद द्वारकाअहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ

 

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ विश्वकर्मा प्रकाशनामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गरेका विश्वास गरिने वास्तुशास्त्री बताउछन् यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ

 

वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा मनाउने गर्छन् पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको लुप्तप्राय स् भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको यसैले गर्दा पनि अहिले वास्तु विद्याको महत्व बढेको

प्रतिकृया दिनुहोस

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

२०८१ चैत्र ३० । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले

सुदूरपश्चिमेलीहरुको मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो

२०८१ चैत्र ३० । सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर

वायु प्रदूषण अनी मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या

२०८१, बुधबार चैत २७ गते । पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ ।   वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि