कृष्णपुरमा एक बालिका बलात्कृत

२०८१ भदौ २५ गते मंगलबार, झलारी । कृष्णपुर नगरपालिकामा एक जना बालिका बलात्कृत भएकी छन् । वडा नं। २ की स्थानिय बालिकालाई सोही ठाउँका दुई युवाहरुले जबरजस्ती बलात्कार गरेको पिडितकी आमाले बताएकी छन् ।

 

पिडित १७ बर्षिया बालिकाकी आमाले कृष्णपुरका २३ बर्षिया रमेश चौधरी र २७ बर्षिया सुरेश चौधरीका नाममा ईलाका प्रहरी कार्यालय झलारीमा छोरीलाई जबरजस्ती बलात्कार गरेको भन्दै उजुरी दिईएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक कृष्ण श्रेष्ठले बताउनुभयो । २१ गते साँझ बालिका बसिरहेको घरमै युवाहरुले जबरजस्ती बलात्कार गरेको पिडित पक्षको आरोप छ ।

 

‘फोन गरेर काम छ भनि आगनमा बोलायो, मोबाइल नियन्त्रणमा लियो, जंगलमा लगेर जबरजस्ती ग¥यो,’ पीडितकी आमाले भनिन्। उनीहरुलाई कारबाही हुनुपर्ने पीडित पक्षको माग छ। बालिका अष्टमी मनाउन माइजु घर आएकी थिइन्।

 

घटनामा संलग्नहरुलाई ईलाका प्रहरी कार्यालय झलारीले पक्रउगरी छानविनका जिल्ला अदालतबाट ५ दिने म्याद थप गरेको छ । आरोपी युवाहरुलाई पिडितको उजुरीका आधारमा पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

२०८१ असोज ०२ गते बुधबार, । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ।

सुदुरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै

२०८१ असोज १ गते मंगलबार, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा हरेक वर्ष असोज संक्रान्तिमा बुढी पोल्ने पर्व मनाउने चलन छ । सुदुरपश्चिम

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस मनाइँदै

२०८१ असोज १ गते मंगलबार, । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं