शुक्लाफाँटामा स्यालको टोकाइबाट ६ जना गम्भीर घाइते, सेती अस्पतालमा उपचार हुँदै

२०८१ भदौ २५ गते मंगलबार, झलारी । कञ्चनपुरमा स्यालको टोकाइबाट ६ जना गम्भीर घाइते भएका छन् बहुला स्यालको टोकाइबाट शुक्लाफाँटा नगरपालिका(२ रानिपुरका ६ जना गम्भीर घाइते भएका हुन् । अस्थाई प्रहरी पोष्ट वन्साहाका प्रहरी नायव निरीक्षक गणेश बोहराका अनुसार घाइते हुनेमा २ जना महिला ३  जना पुरुष  र १ नाबालिका रहेकी छन् ।

 

गाउँ नजिकैको शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट टोलमा पसेको स्यालले स्थानीय २५ वर्षीय अजय चौधरी, ३१ वर्षीय रमेश चौधरी,६३ वर्षीया गंगादेवी सिंह,६३वर्षीया  वेलुदेवी पनेरु र उनकी १ वर्षीया नातिनी प्रयज्ञा पनेरुलाई टोकेको थियो। स्यालको टोकाइबाट उनीहरूको अनुहार, पेट, छाती तथा शरीरका अन्य भागमा घाउ भएको छ ।

 

घाइतेहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको  वडा नं २ की सदस्य शान्ति विष्ट साउँदले बताइन्  । उनका अनुसार स्यालले ३ बाख्रा, २ गाई र ५ कुकुरलाई समेत टोकेको छ ।

प्रतिकृया दिनुहोस

सुप विश्व विद्यालयका प्रशासकीय अधिकृतको क्याम्पसमै करेन्ट लागेर मृत्यु

२०८१ भदौ २८ गते शुक्रबार, कञ्चनपुर । सुदूरपश्चिम विश्व विद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ।   सुदूरपश्चिम विश्व विद्यालयका

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका–२ बौनियागाउ बस्ने ४० वर्षीय रामबहादुर

कैलालीमा वाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा बाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्लाको जानकी गाउँपालिकामा बाढीबाट जोखिम ५१