झलारीमा सोमबारबाट देउडा प्रतियोगिता सुरु

२०८१ भदौ २५ गते मंगलबार, झलारी । झलारीमा देउडा प्रतियोगिता सुरु भएको छ । सोमबारबाट सुरु भएको देउडा प्रतियोगितामा १० जना देउडिया कालाकारहरु बिचमा प्रतिस्प्रधा हुँदै छ ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्लाफाँटानगर कार्य समितिको आयोजनामा भैरहेको प्रतियोगिताको सोमबार राप्रपाका केन्द्रिय सदस्य हिक्मत सिंह भण्डारीले एक समारोहका बिच उद्घाटन गर्नुभएको छ । शुक्लाफाँनगरपालिकाको खुल्ला मञ्चमा भदौ २४ गतेदेखि २६ गते हुने देउडा प्रतियोगिता उद्घाटन समारोहको अध्यक्षता राप्रपाका नगर संयोजक बिरसिंह साउँदले गर्नुभएको थियो ।

 

कार्यक्रममा विशिष्ट अतीथिका रुपमा राप्रपा केन्द्रीय सदस्य नन्दा देवी जोशी, राप्रपा प्रदेश सदस्य जित बहादुर भण्डारी र निवर्तमान नगर प्रमुख दिल बहादुर ऐर रहनुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य राप्रपा शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता बल्देव भट्टले राख्नुभएको थियो । उद्घाटन कार्यक्रममा राप्रपाका नेता, कार्यकर्ता लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथी भण्डारीले धर्म, सँस्कृति र परम्पराको जगेर्ना गर्नका साथै हिन्दु राष्ट्र कायम गर्नका लागि देउडा कार्यक्रमको आयोजना गरिएको बताउँदै आगामी दिनहरुमा प्रदेश भरी नै देउडा कार्यक्रमको आयोजना गरिने बताउनुभएको छ । ऋषि पञ्चमीको अवसर पारेर डेउडा खेल आयोजना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ललित हमालले बताउनुभएको छ । उहाँका अनुसार डेउडा कार्यक्रममा अम्मादत्त जोशी, पशुपती धामी, मानबहादुर विष्ट, बलदेव भट्ट, गौरसिंह सार्की, कालुसिंह कुँवर लगायतका कलाकार सहभागी हुनेछन् ।

 

सुदूरपश्चिमको कला, संस्कृति, रीतिरिवाज र डेउडा खेललाई जीवन्त राख्न डेउडा कार्यक्रम आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक बीरसिंह साउँदले बताउनुभएको छ । पहिलो दिनको देउडा कार्यक्रममा गायक भानुभक्त जोशी, अम्बादत्त जोशी, तेजराम लुहार र जे आर भट्ट बिच देउडा खेल भएको छ ।

प्रतिकृया दिनुहोस

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

२०८१ असोज ०२ गते बुधबार, । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ।

सुदुरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै

२०८१ असोज १ गते मंगलबार, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा हरेक वर्ष असोज संक्रान्तिमा बुढी पोल्ने पर्व मनाउने चलन छ । सुदुरपश्चिम

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस मनाइँदै

२०८१ असोज १ गते मंगलबार, । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं