ऋषि पञ्चमीका दिन महाकाली नदीमा स्नान गर्न ब्रतालुहरुको भीड
२०८१ भदौ २३ गते आइतबार, महेन्द्रनगर । ऋषि पञ्चमीका दिन महाकाली नदिमा ब्रतालुहरुको भीड लागेको छ । तिजको अन्तिम दिन हिन्दू महिलाहरुले सप्त ऋषिको पूजा अर्चना गर्न महाकाली नदि किनारका विभिन्न घाटहरुमा भीड लागेको हो । ब्रतालु महिलाहरुले महाकाली किनारमा रहेको भुजेला घाट र ऐरी घाट तथा हरिहर स्नान घाटमा स्नान र पुजा अर्चना गरेका हुन् ।
आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने क्रममा कञ्चनपुरका अधिकांस महिलाहरु महाकाली नदिमा गई न्वाईध्वाई गर्ने र नदि किनारमै पुजा अर्चनागर्ने गर्दछन ।
रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन विहानै न्वाई ध्वाई गरी ब्रतबसी अरुन्धती सहित सप्त ऋषिको पूजा अर्चना गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास भएको हुदा आजको दिन नदि किनारमा पुजा अर्चनागर्ने गरेको ब्रतालु महिला बताउँछन ।
आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको र स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा अर्जना गरी रजस्वलाका समयमा भएका गल्तीको क्षमा याचना माग्ने गरीएको अर्का व्रतालु महिला बताउँछन ।
महाकाली नदि किनारमा पुजा अर्चनागर्न कञ्चनपुर,कैलाली का साथै भारतका विभिन्न सिमावर्ति गाउ वाट समेत ब्रतालु महिलाहरु आई पुजा अर्चना गर्दै आईरहेका छन् । ब्रतालु महिलाहरुले गर्ने स्नान तथा पुजाका कारण यस क्षेत्रमा दिन भरी मेला नै लाग्ने र ऋषि पञ्चमीकाका दिन ब्रतालु महिलाहरु सप्त ऋषि तथा अरुन्धतीको पुजा अर्चन गर्न प्रतेक वर्ष महाकाली नदि किनारमा आउने गरेको पण्डित लोकराज पन्त बताउँछन् ।
भाद्र शुक्ल पञ्चमीका दिन महाकाली नदि संगै जिल्लाका अन्य ठुला नदिमा समेत पुजा अर्चना गर्ने ब्रतालुहरुको भिड लाग्ने गरेको पाईन्छ ।
सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । सप्तऋषिको पूजा पश्चात ब्रतालु महिलाहरु दिनभर नाचगान र भजनकिर्तन गरी रमाईलो गर्ने गर्दछन ।
विगत एक साता देखी दैशैभर हर्षोल्लासका साथ हिन्दु नारीहरुले मनाउदै गरेको पर्व तीज पनि आजैका दिन देखी विधिवत रुपमा समापन हुने गर्दछ ।
यस वर्षको बडादशैँ सकियो
२०८१ कार्तिक ०१ गते बिहीबार । यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप
कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन, पूर्णिमा भोलि, ‘कोजाग्रत’ आज
२०८१ असोज ३० गते बुधबार, । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि
आज आश्विन शुक्ल पक्षको त्रयोदशी, बडादशैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी
२०८१ असोज २९ गते, मंगलबार,। आज मंगलबार आश्विन शुक्ल पक्षको त्रयोदशीको दिन पनि बडादशैँको टीका लगाउने क्रम जारी छ। मंगलबार ४० घडी १४ पला त्रयोदशी तिथि
प्रतिकृया दिनुहोस