शुक्लाफाँटामा हरितालिका तीजको अवसरमा शुभकामना तथा सांस्कृतिक तीज कार्यक्रम मनाइयो

२०८१ भदौ २२ गते शनिबार, झलारी, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा तीज कार्यक्रम मनाइएको छ।

 

शुक्रवार शिवपार्वती महिला समुहको आयोजनामा हरितालिका तीजको अवसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम मनाइएको हो। समुहका अध्यक्ष पुष्पा केशीको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा रहेका थिए। कार्यक्रममा बोल्दै उनले परम्पराकालदेखि महिलाहरुले तीजको बर्त बस्दै आएको बताए।

 

पछिल्लो समय तीजका नाममा विकृती देखिएका छन्, समाजका अगुवा महिलाहरुले परम्परा, संस्कृतिको संरक्षण गर्नु आवश्यक , उनले भने। नगरपालिकाले आवश्यक सहयोग गर्ने उनले बताए। बालबालिका कुलतमा फसेको बताउँदै उनले लागुऔषध नियन्त्रणमा महिला अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताए। तीजको शुभकामना दिदै नगर उपप्रमुख कल्पना पन्तले स्वास्थ्यको ख्याल गरेर बर्त बस्नु पर्ने बताइन्। तीज कार्यक्रमलाई नगरपालिकाले संस्थागत रुपमा मनाउनुपर्ने निवर्तमान नगर प्रमुख दिलबहादुर ऐरले बताए।

 

हामीले नगरपालिकाका स्थानमा संस्थागत रुपमै तीज मनाउँदै आएका थियौं, उनले भने, ‘अब यस कार्यक्रमलाई नगरपालिकाले संस्थागत रुपमा मनाउनुपर्छ।तीज कार्यक्रममा सृजनशिल बचत तथा ऋण सहकारी संस्था साथी केवल टीभि नेटवर्क प्रा।लि।को सहयोग रहेको थियो।

 

कार्यक्रममा श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष सिद्धराज भट्ट, सृजनशिल सहकारीका अध्यक्ष शिवराज भट्ट, वडा नं। ११ का अध्यक्ष शेरबहादुर साउँद, कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जोगीसिंह सोब, सिद्धभिम आधारभूत विद्यालयका अध्यक्ष शिवराज भट्टलगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन मोनिका भट्टले गरेकी थिइन्।

प्रतिकृया दिनुहोस

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

२०८१ असोज ०२ गते बुधबार, । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ।

सुदुरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै

२०८१ असोज १ गते मंगलबार, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा हरेक वर्ष असोज संक्रान्तिमा बुढी पोल्ने पर्व मनाउने चलन छ । सुदुरपश्चिम

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस मनाइँदै

२०८१ असोज १ गते मंगलबार, । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं