‘नेपाल आमा’को मूर्ति निर्माण सुरु भएपछि भम्केनी धाममा बढे पर्यटक

२०८१ भदौ १९ गते बुधबार, कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ। यसअघि प्रायः सुनसान रहने भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि बढाएपछि दर्शन गर्न आउनेको चहलपहल बढेको हो। 

 

यहाँ साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएको छ। धाममा धार्मिक गतिविधि बढेपछि यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छु, स्थानीय पदम बोहराले भने, अहिले त चतुराधाम पूर्वको झापासम्मका मानिस यहाँ आउने गरेका छन्।

 

द्वापार युगमा पाण्डवले वनवासमा रहँदा यस क्षेत्रमा आइ कुवाबाट पानी निकाल्दा भक्कानिएर पानी आएकाले यसलाई भम्का भनिएको विश्वास छ। यो सिद्धबैजनाथको भूमि भएकाले यसको विशेष महत्त्व छ नै त्यसमा पनि पाण्डवले यो क्षेत्रमा बास बसेको किंवदन्ती छ।

 

स्थानीय महेश जोशीका अनुसार यहाँ दर्शन गर्न आउनेको सङ्ख्या बढ्दो छ। उनका अनुसार धाम परिसरमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको पहिचान झल्कने गरी फरक–फरक कुण्ड निर्माण गरिएका छन्। 

 

जगतगुरु मोहनशरण देवाचार्यले २०७२ वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रममा गर्दा करिब २२ टन तामा र पित्तल सङ्कलन भएको थियो। त्यसबाहेक तीन टन धातु स्थानीयले दान गरेका थिए । सङ्कलन भएका धातुबाट नेपाल आमाको मूर्ति निर्माण सुरु भएको हो।

प्रतिकृया दिनुहोस

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

२०८१ असोज ०२ गते बुधबार, । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ।

सुदुरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै

२०८१ असोज १ गते मंगलबार, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा हरेक वर्ष असोज संक्रान्तिमा बुढी पोल्ने पर्व मनाउने चलन छ । सुदुरपश्चिम

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस मनाइँदै

२०८१ असोज १ गते मंगलबार, । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं