बेलौरीमा कञ्चनपुर टी(ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

२०८१ भदौ १४ गते शुक्रबार, कञ्चनपुर । कञ्चनपुरको बेलौरीको शिवनगरमा कञ्चनपुर टी(ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

 

बेलौरीमा कञ्चनपुर टी(ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुनेछ । बेलौरी स्थित सिद्धेश्वर जय पृथ्वी क्लबले बेलौरी नगरपालिका १० शिवनगरमा वडा दसैँ तथा दीपावलीको अवसर पारेर असोज २४ गतेदेखि सिद्धेश्वर माविको खेल मैदानमा खुल्ला कञ्चनपुर टी ट्वान्टी  क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।प्रतियोगिता असोज २४ गतेदेखि कार्तिक ५ गतेसम्म सञ्चालन गरिने खेल सञ्चालक समिति संयोजक दीपक खड्काले बताए । संयोजक खड्काका अनुसार स्थानीय स्तरमा खेलाडीले आफ्नो प्रतिभा देखाउन मिल्ने गरी खेल लेदर बलले खेलाइने छ । प्रतियोगिताभर क्यानको आधिकारिक व्यक्तिद्वारा निगरानी समेत रहने भएकोले खेलाडी छनोटमा सहयोग हुने संयोजक खड्काको विश्वास छ  । 

 

खेल नकआउट प्रक्रियामा खेलाइने छ । प्रतियोगिता खुल्ला खेलाइने हुँदा भारतीय टिमले समेत खेलमा सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको विजेता टिमले रु। १ लाख र उपविजेता टिमले रु। ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई रु। १० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई ५ । ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताभरका प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई रु। १ हजार सहित ट्रफी प्रदान गरिने खेल सञ्चालक समितिका सह सचिव नारायण जोशीले बताए ।

 

प्रतियोगिताको सेमिफाइनल खेल प्रत्यक्ष प्रसारण गरिने खेल सञ्चालक समितिका सहसंयोजक नरेश शाहले बताए ।प्रतियोगितामा सहभागी हुने टिमलाई १० हजार दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।  प्रतियोगिता सञ्चालनको लागि क्लबले १० सदस्यीय टोलीको खेल सञ्चालक समिति गठन गरिसकेको छ । खेल सञ्चालक समितिको संयोजकमा दीपक खड्का , सहसंयोजकमा नरेश शाह, सचिवमा सन्तोष पन्त, सहसचिवमा नारायण जोशी, कोषाध्यक्षमा सञ्जय शाही र फिल्ड तथा स्वयंसेवक व्यवस्थापनमा नीराजन शाहलाई जिम्मेवारी तोकिएको छ ।

 

सञ्चालक समितिका पदाधिकारीहरूलाई फरक फरक जिम्मेवारी तोकी प्रतियोगिता सञ्चालनको कार्य भइरहेको संयोजक दीपक खड्काले बताए ।

प्रतिकृया दिनुहोस

एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम ९–० गोलले पराजित

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम पराजित भएको छ। निरु थापा र दिपा न्यौपानेको ह्याट्रिकप्रेरित विभागीय टोली

धनगढीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने

२०८१ भदौ १९ गते बुधबार, धनगढी । कैलालीको धनगढीमा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।   फारवेष्ट पशुपति युवा

एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बागमती खेल्दै

२०८१ भदौ १७ गते सोमबार, काठमाडौँ ।  एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बागमती खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स