बेलडाँडी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाज बिझलाई

२०८१ भदौ १४ गते शुक्रबार, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा सञ्चालित सातौँ संस्करणको बेलडाँडी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाज बिझ ले हात पारेको छ । अल स्टार युवा क्लबको आयोजनामा यही भदौ ०७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको समापन खेलमा बिहीबार झिलमिला युवा समाज बि र बेलडाँडी फुटबल एकेडेमी ए बिच भएको प्रतिस्पर्धामा बेलडाँडी फुटबल एकेडेमी ‘ए’ लाई १० गोलको अन्तरले हराउँदै झिलमिला युवा समाजबि लगातार दोस्रो पटक च्याम्पियन बनेको छ ।

 

च्याम्पियन टिम झिलमिला युवा समाज बि ले रु।८१ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । उक्त खेलमा उपविजेता बनेको बेलडाँडी फुटबल एकेडेमी ‘ए’ ले रु। ४५ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझाउनु परेको छ । प्रतियोगिताका विभिन्न उत्कृष्ट विधाका खेलाडीहरूले पनि आकर्षक ट्रफी हात पारेका छन् । विजेता टिमलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिका प्रवक्ता गज बहादुर विष्टले प्रतियोगिताले ग्रामीण क्षेत्रको खेलकुद विकासमा टेवा पुगेको बताए।

 

ग्रामीण भेगको खेलकुद विकासका लागि हरेक वर्ष सुदूरपश्चिमेलीहरुको महान् एवम् मौलिक, धार्मिक तथा सांस्कृतिक पर्व गौरा पर्वका अवसरमा बेलडाँडी गाउँपालिका वडा नम्बर १ लल्लरेडाँडा क्षेत्रमा फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको आयोजक अल स्टार क्लबका पूर्व अध्यक्ष चेतबहादुर शाहले गर्नु बताए ।

 

यही भदौ ७ गतेदेखि सञ्चालन भएको यस वर्षको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

एनपीएलको पहिलो उपाधीका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

६ पुष २०८१, शनिबार, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।   एनपीएलको पहिलो

छबिसपाथिभेरा १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुँदै

२०८१ असोज १४ गते सोमबार, बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुने

टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

२०८१ असोज १३ गते आइतबार, । टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो