शव खोलामा भेटियो, हत्या भएको आशंका

झलारी । कृष्णपुर नगरपालिका वाणिमा एक युवकको शव खाडलमा गाडिएको अवस्थामा भेटिएको छ । कृष्णपुर नगरपालिका २ वाणि नवदुर्गा टोलका स्थानीय कुँवेर दाईको शब खाडलभित्र गाडिएको अवस्थामा भेटिएको हो । गयराती प्रहरीले बन्डनदीको किनार खाडलमा गाडिएको अवस्थामा दमाईको शव निकालेर स्वास्थ्य परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले खाडलभित्र भेटिएको शव शंकास्पद रहेको बताए ।

 

‘खाडलभित्र भेटिएको शवको प्रकृति हेर्दा कुहिएको अवस्थामा हामीले भेटाएका छौँ, ‘प्रवक्ता डाँगीले भने, ‘शंकास्पद नै छ, थप अनुसन्धान अघि बढाएका छौँ ।’ बस्ती नजिकै रहेको खोलामा गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन साउदले दमाई एक सातादेखि घर परिवारको सम्पर्कमा नरहेको बताए ।

 

‘उनी भारतमा रोजगारी गर्दै आएका छन, ‘वडाध्यक्ष साउदले भने, ‘घर आउ जाउँ गदै आएका छन, घटना रहस्यमय भएकाले प्रहरीले यसमा गम्भिर भएर अनुसन्धान गर्दै दोषि उपर कार्बाही गर्नुपर्छ ।’ स्थानीयले समेत हत्याको आशंका गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । मृतकको दमाईको घर नजिकै रहेको खोलामा शव भेटिएपछि प्रहरीले समेत आफन्त एव नजिका व्यक्तिमाथि आशंका गरेको छ । स्थानीयले दोषि पहिचान गरेर कानुनी कार्बाही गर्नुपर्नेमा सुझाव दिएका छन ।

 

कृष्णपुरका मेयर हेमराज ओझाले समेत कुँवेर दमाई परिवारलाई न्याय दिनुपर्ने बताए । ‘घटनाको प्रकृति हेर्दा गम्भिर र सकास्पद छ, दोषिमाथि कार्बाही गर्नुपर्छ, ‘मेयर ओझाले भने, ‘घटनाको अनुसन्धानमा कुनै कसर बाँकी राख्नु हुुँदैन ।’ कञ्चनपुर प्रहरीले पनि घटना गम्भिर भएकाले सुक्ष्म अनुसन्धान गरिने जनाएको छ ।

प्रतिकृया दिनुहोस

पोखरीमा डुवेर चार वर्षीया बालिकाको मृत्यु

झलारी । कञ्चनपुरमा पोखरीमा डुवेर ४ बर्षीय बालिकाको मृत्यु भएको छ । शुक्लाफाटा नगरपालिका–८ धारापानीका राजेश धामीको छोरी ४ वर्षीया अनु धामीको

वडाध्यक्षमाथि कुटपिट पछि नगर परिसर भित्र हुलिएका पशुचौपाया मर्न थाले

झलारी - शुक्लाफाँटा नगरपालिकाको कम्पाउण्डभित्र हुलिएका गाईहरु मर्न थालेका छन् । नगरको वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि आइतबार

बन्द नदीमा डुबेर १८ महिने नाबालिकाको मृत्यु

झलारी - बन्द नदीमा डुबेर कृष्णपुरको वाणीमा १८ महिने नाबालिकाको मृत्यु भएको छ । आफ्नै घर छेउको बन्द नदीमा डुबेर कृष्णपुर– २ की अमृता थापाको मंगलबार