वडाध्यक्षमाथि कुटपिट पछि नगर परिसर भित्र हुलिएका पशुचौपाया मर्न थाले

झलारी - शुक्लाफाँटा नगरपालिकाको कम्पाउण्डभित्र हुलिएका गाईहरु मर्न थालेका छन् । नगरको वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि आइतबार कार्यकक्षमैँ कुटपिट भएपछि उत्पन्न परिस्थितिबाट असुरक्षाको कारण देखाउँदै सोही वडामा अवस्थित गौशालाका हेरालाहरुले नगर कम्पाउण्डमा हुलेका गाई भोकभोकै मर्न थालेका हुन् ।    सोमबारदेखि नगरपालिकाको कार्यालय परिसरमा खुला आकाशमुनी हुलिएका पशुचौपाया भोक प्यास संगै अविरल वर्षाका कारण मर्न थालेका हुन् । नगरपालिकाले उचित स्याहार(सुसार र आहारको व्यवस्थापन गर्न नसकेका कारण मंगलबार रातभरी परेको अविरल वर्षामा भिजेर बुधबार बिहान दुई गाई मृत अवस्थामा भेटिएका छन् ।

गाईहरु भोक प्यासले मर्न थालेपछि बुधबार साँझ झलारी स्थित कृष्ण माध्यमिक विद्यालयको परिसरमा केहि गाई छाडिएका छन् । वडाध्यक्ष महराकै सक्रियतामा वडा नम्बर ८ स्थित छाडा पशुचौपाया व्यवस्थापन केन्द्रमा व्यवस्थापन गरिएका पशु चौपायालाई सोमबार स्थानीय बासिन्दा र त्यहाँ रहेका हेरालाहरूले सोही घटनापछि असुरक्षाको महशुस गरी नगरपालिका परिसरमा ल्याएको बताएका थिए । नगरपालिका परिसर भित्र दुई सय  जति छाडा पशुचौपायाहरु हुलिएका छन् ।यसअघि मंगलबार झलारीका केही व्यक्तिहरुले घाँसपातको व्यवस्था गरेका थिए । तर त्यत्तिले मात्र पर्याप्त हुन सकेन । त्यस्तै, मंगलबार बसेको नगर कार्यपालिकाको बैठकमा सदस्यहरु बीच एकापसमा सहमति जुट्न नसकेपछि नगरपालिका कार्यालयको परिसरमा हुलिएका पशुचौपाया व्यवस्थापनमा थप समस्या देखिएको छ ।

प्रतिकृया दिनुहोस

शव खोलामा भेटियो, हत्या भएको आशंका

झलारी । कृष्णपुर नगरपालिका वाणिमा एक युवकको शव खाडलमा गाडिएको अवस्थामा भेटिएको छ । कृष्णपुर नगरपालिका २ वाणि नवदुर्गा टोलका स्थानीय कुँवेर दाईको शब

पोखरीमा डुवेर चार वर्षीया बालिकाको मृत्यु

झलारी । कञ्चनपुरमा पोखरीमा डुवेर ४ बर्षीय बालिकाको मृत्यु भएको छ । शुक्लाफाटा नगरपालिका–८ धारापानीका राजेश धामीको छोरी ४ वर्षीया अनु धामीको

बन्द नदीमा डुबेर १८ महिने नाबालिकाको मृत्यु

झलारी - बन्द नदीमा डुबेर कृष्णपुरको वाणीमा १८ महिने नाबालिकाको मृत्यु भएको छ । आफ्नै घर छेउको बन्द नदीमा डुबेर कृष्णपुर– २ की अमृता थापाको मंगलबार