सेतीमा अक्सिजन प्लान्ट जडान गरिदैं


कैलालीको सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम सुरु भएको छ । संघिय सरकारको बजेटमा २ हजार लिटर क्षमताको प्लान्ट जडानको काम सुरु भएको हो । एक महिना भित्र काम सक्ने गरी प्लान्ट जडानको काम भईरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन । उनले काम जारी रहेको र केही सामान आउने क्रममा रहेको बताए ।


लिक्युड अक्सिजन प्लान्ट सञ्चालनमा आए यस क्षेत्रको अक्सिजन अभावको समस्या हड्ने जनाईएको छ । सामान्य समयमा अक्सिजनको समस्या नभएपनि दोस्रो लहरको कोरोना महामारीका बेला भने सुदूरपश्चिममा अक्सिजनको हाहाकार भएको थियो । अझै पनि कोरोनाको तेस्रो लहरको जोखिम कायम रहेकाले सो सयममा अक्सिजन अभाव नहोस भन्नका लागि प्लान्ट जडान गरिएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यस वर्षको बडादशैँ सकियो

२०८१ कार्तिक ०१ गते बिहीबार ।  यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप

कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन, पूर्णिमा भोलि, ‘कोजाग्रत’ आज

२०८१ असोज ३० गते बुधबार, । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि

आज आश्विन शुक्ल पक्षको त्रयोदशी, बडादशैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

२०८१ असोज २९ गते, मंगलबार,। आज मंगलबार आश्विन शुक्ल पक्षको त्रयोदशीको दिन पनि बडादशैँको टीका लगाउने क्रम जारी छ। मंगलबार ४० घडी १४ पला त्रयोदशी तिथि