कांग्रेसले सार्वजनिक गर्यो ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली

काठमाडौं । नेपाली कांग्रेसले अहिलेसम्म ५३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले शनिबार थप पाँच जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेसँगै यो संख्या ५३ पुगेको हो । यसअघि बिहीबार ३८ र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरिएको थियो । क्रियाशील सदस्यता छानविन समितिले कार्य सम्पन्न गरेका पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेसँगै यो संख्या ५३ पुगेको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

 

शनिबार समितिले नुवाकोट, धादिङ, चिवतन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको हो । यी जिल्लाहरुमा निर्वाचन अधिकृत पनि खटाइएको छ । अर्घाखाँची क्रियाशील सदस्यहरुको नामावली केन्द्रीय कार्यालयमा बुझाउने पहिलो जिल्ला हो । यद्यपि अहिले आएर अन्तिम नामावलीसहित सार्वजनिक गर्दा ५३ औं जिल्ला बन्न पुगेको छ । क्रियाशील सदस्यहरुको नामावली पार्टीको वेबसाइटमा राखिएको छ । 

 

भदौ १८ गतेदेखि स्थानीय तहबाट महाधिवेशनको चुनावी प्रक्रियाको थालनी हुँदैछ । तर अझै २४ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली भने टुंगो लगाउन बाँकी रहेको छ । पार्टी मुख्यालय वीपीनगरमा रिले अनसनमा बसेका जिल्ला सभापतिहरुको रिले अनसन शीर्ष तीन नेताहरु गएर तोडाएपछि पार्टीको १४ औं महाधिवेशन समयमै हुने निश्चित प्रायः भएको छ । पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिरमा काठमाडौंमा हुँदैछ । 

प्रतिकृया दिनुहोस

यस वर्षको बडादशैँ सकियो

२०८१ कार्तिक ०१ गते बिहीबार ।  यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप

कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन, पूर्णिमा भोलि, ‘कोजाग्रत’ आज

२०८१ असोज ३० गते बुधबार, । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि

आज आश्विन शुक्ल पक्षको त्रयोदशी, बडादशैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

२०८१ असोज २९ गते, मंगलबार,। आज मंगलबार आश्विन शुक्ल पक्षको त्रयोदशीको दिन पनि बडादशैँको टीका लगाउने क्रम जारी छ। मंगलबार ४० घडी १४ पला त्रयोदशी तिथि