शुक्लाफाँटा नगर प्रमुखको कार्यकक्ष र शिक्षा शाखामा लगाइएको ताला खुल्यो

 फर्जी विद्यालयको किनबेच तथा स्थानान्तरण भएको विरोधमा विभिन्न संगठनहरुले शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखा र मेयरको कार्यकक्षमा लगाइएको ताला शुक्रबार खुलेको छ । शुक्रबार बसेको नगर कार्यपालिकाको ७९ औं बैठकबाट खप्तड शिक्षा सदन नामक विद्यालय स्थानान्तरण गर्न दिइएको सहमति पत्रका विषयमा आवश्यक छानवीन गर्न सुशासन समितिका संयोजक ज्ञानेन्द्र बहादुर विष्टको संयोजकत्वमा छानविन समिति गठन भएपछि दुबै कोठाको ताला खोलिएको हो ।

 

शुक्रबार (आज) बसेको शुक्लाफाँटा नगरपालिका नगर कार्यपालिकाे ७९ अौँ बैठकले नगरपालिकाको च.नं. १०५ मिति २०७७ साउन ८ गते को पत्रबाट बेलौरी नगरपालिका लाई खप्तड शिक्षा सदन सरिजाने सम्बन्धमा सहमति दिएको सिफारिस पत्रको सन्दर्भमा उक्त सहमति पत्र शिक्षा ऐन नियमावली र स्थानीय सरकार सञ्चालन ऐनको कानुनी प्रावधान विपरित भएकोले उक्त पत्र बदर गर्ने निर्णय गरेको छ ।

 

यस्तै शुक्लाफाँटा नगरपालिकाभित्र सञ्चालन हुने गरि खप्तड शिक्षा सदन दर्ता भएको देखिएको र भौतिकरुपमा सञ्चालनमा रहेको नदेखिएकोले उक्त विद्यालय दर्ता खारेजीको प्रक्रिया अगाडि बढाउन हुन शिक्षा बिकास तथा समन्वय इकाई कञ्चनपुरलाई सिफारिस गर्ने, नगरपालिकाभित्र सञ्चालन हुनेगरी शिक्षा कार्यालयबाट दर्ता भएका तर शुक्लाफाँटा नगरपालिका भित्र सञ्चालन नभएका संस्थागत विद्यालयहरु के-कति दर्ता छन् सोको विवरण शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुर संग माग गर्ने निर्णय गरेको छ ।

 

त्यसैगरि शु.न.पा.बाट बेलौरी नगरपालिकामा सरिजाने गरि खप्तड शिक्षा सदनलाई सरुवा सहमति दिँदा अपनाएका प्रक्रियाहरु र अन्य त्यस्ता विद्यालयहरु के कति छन् छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी सुशासन समितिका संयोजक ज्ञानेन्द्र बहादुर विष्टको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

 

समितिमा सामाजिक विकास समिति संयोजक शिवराज पनेरु सदस्य, वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महरा सदस्य, कार्यपालिका सदस्य विमला सार्की सदस्य र अधिकृत छैठौं लक्ष्मीदत्त पाण्डेय सदस्य सचिव रहेका छन् । विद्यालय खरिदबिक्री प्रकरणबारे नगर पालिकाले बुधबार नगर शिक्षा समिति र कार्यपालिका बैठक डाकेको थियो ।

 

बैठकमा कुनै ठोस निर्णय नभएपछि बैठक स्थगन भएको थियो भने बिहीबार बसेको अर्को बैठकमा पनि सो बारे कुनै निर्णय भएको थिएन । मंगलबार फर्जी विद्यालयको किनबेच तथा स्थानान्तरण भएको विरोधमा विभिन्न संगठनहरुले शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखा र मेयरको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

 

एकीकृत अखिल नेपाल शिक्षक संगठन शुक्लाफाँटा, राष्ट्रिय शिक्षक संगठन, शुक्लाफाँटा र एन प्याव्सन शुक्लाफाँटा नगर कमिटीले संयुक्त रुपमा प्रेस विज्ञप्ती सहित तालाबन्दी गरेको थियो । विज्ञप्तिमा संगठनहरुले नक्कली कागजपत्र तयार गरि वेचबिखन गरिएको विद्यालयको छानवीन गरि दोषी उपर कारबाहीको माग गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

एडीबीद्धारा सञ्चालित आयोजना कार्यान्यनको माग गर्दै सहरी विकास मन्त्रीलाई ज्ञापनपत्र

झलारी । एसीयाली विकास वैंक (एडीबी)को सहयोगमा सञ्चालित आयोजना थप तथा कार्यान्वयनका लागि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले सहरी

नीजि स्रोतका शिक्षकहरुको माग सम्बोधन गर्न आग्रह

झलारी ।शुक्लाफाँटा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षकहरुको व्यवस्थापन गर्न शिक्षकहरुका संघ तथा संगठनहरुले माग

नेपाल राष्ट्रिय कर्मचारी संगठन शुक्लाफाँटाको अध्यक्षमा पन्त

नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती० शुक्लाफाँटा नगरपालिका स्तरीय प्रथम सम्मेलनबाट देवराज पन्तको अध्यक्षतामा शुक्रवार नौ सदस्यीय कार्यसमिति