नीजि स्रोतका शिक्षकहरुको माग सम्बोधन गर्न आग्रह


झलारी ।शुक्लाफाँटा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षकहरुको व्यवस्थापन गर्न शिक्षकहरुका संघ तथा संगठनहरुले माग गरेका छन्।
आइतबार नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्टिूय शिक्षक संगठन शुक्लाफाँटाले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै निजी स्रोत शिक्षकहरुको माग सम्बोधनका लागि यथाशीघ्र पहल गर्न आग्रह गरेको हो।

 

‘निजी स्रोत शिक्षकहरुलाई नगर शिक्षक घोषणा गर्ने विगतको सरकारसंग गरिएको सहमति कार्यान्वयन गरियोस्,नगर शिक्षक कार्यविधि २०८० संसोेधन गरी सम्पूर्ण नीजि स्रोतका शिक्षकहरुलाई नगर शिक्षक घोषणा गरियोस्,’ विज्ञप्तीमा भनिएको छ। विज्ञप्तीमा नेपाल शिक्षक संघका नगर अध्यक्ष तेज बहादुर साउँद, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अधयक्ष लोकेन्द्र बहादुर कुँवर र नेपाल राष्टिूय शिक्षक संगठनका अध्यक्ष राघव प्रसाद अवस्थीले हस्ताक्षर गरेका छन्।

 


 विगतमा नगर शिक्षक घोषणा, न्यूनतम पारश्रमिकमा काम गरिरहेका निजी स्रोत शिक्षकहरुलाई नगर शिक्षक व्यवस्थापनका नाममा विस्थापित गर्न नहुने, नगरभित्रका सामुदायिक विद्यालयमा निजी स्रोतमा कार्यरत अंग्रेजी, गणित र विज्ञान विषयको हकमा कम्तीमा दुई विज्ञापनसम्मको लाईसेन्स परिक्षाको नतिजा प्रकाशित हुँदा सम्मको अवधिमा लाईसेन्स पेश गर्नेगरी नगर शिक्षक घोषणा गरिनुपर्ने लगायतका माग राखेर नगर प्रमुख रण बहादुर महरालाई ज्ञापनपत्र समेत बुझाएको विज्ञप्तीमा उल्लेख छ।

 

मागहरु सम्बोधन नभए शिक्षक संघसंगठनहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिने प्रेस विज्ञप्तिमा उल्लेख छ । शुक्लाफाँटा नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत शिक्षक स्वतः नगर शिक्षक घोषणाको माग राखेर आन्दोलनरत छन्। नगरपालिकाले ल्याएको नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० संसोधन लगायतका माग राखेर शिक्षकहरुले नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी समेत गरेको छ ।

 

प्रतिकृया दिनुहोस

एडीबीद्धारा सञ्चालित आयोजना कार्यान्यनको माग गर्दै सहरी विकास मन्त्रीलाई ज्ञापनपत्र

झलारी । एसीयाली विकास वैंक (एडीबी)को सहयोगमा सञ्चालित आयोजना थप तथा कार्यान्वयनका लागि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले सहरी

नेपाल राष्ट्रिय कर्मचारी संगठन शुक्लाफाँटाको अध्यक्षमा पन्त

नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती० शुक्लाफाँटा नगरपालिका स्तरीय प्रथम सम्मेलनबाट देवराज पन्तको अध्यक्षतामा शुक्रवार नौ सदस्यीय कार्यसमिति

शुक्लाफाँटा नगर प्रमुखको कार्यकक्ष र शिक्षा शाखामा लगाइएको ताला खुल्यो

 फर्जी विद्यालयको किनबेच तथा स्थानान्तरण भएको विरोधमा विभिन्न संगठनहरुले शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखा र मेयरको कार्यकक्षमा लगाइएको ताला